• अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्काको कार्यको प्रशंसा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३० जेष्ठ २०७७, शुक्रबार ०८:२२

    काठमाडौ ।कोरोना भाइरस (कोभिड– १९) भर्चुअल अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्से च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गरेका नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्काको कार्यको प्रशंसा गर्दै जीसीएस इन्टरनेसनलले धन्यवाद व्यक्त गरेको छ ।
    जीसीएसका अध्यक्ष चोङउन चोउले इमेलमार्फत पत्र पठाउदै अशोकको कार्यको प्रशंसा गर्दै निर्णायकको भूमिका निर्वाह गरी सहयोग गरेकोमा धन्यवाद दिएका हुन् । जुन ४ देखि ७ तारिखसम्म भएको प्रतियोगितामा अशाोकसहित विभिन्न राष्ट्रका १३ जना निर्णायक प्यानलमा थिए । एसिया महादेशबाटै अशोक निर्णायक प्यानलमा मनोनित हुने एक्लो हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु