• प्रबृती ,तानाशाह र बिकास

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३० जेष्ठ २०७७, शुक्रबार ११:०४

    रामचन्द्र बयलकोटी(आशिष्)
    चितवन,

    नेपालमा चैत्र महिनाबाटै कोभिड -१९ भाइरसको प्रभाब देखापरी चैत्र ११ गतेबाट नेपाल सरकारले बन्दाबन्दीको घोषणा गर्यो र पटक पटक बन्दाबन्दीको अबधी थप्दै हाल सम्मपनी कायमै छ। लगभग ३ महिनाको अबधीमा कोरोना सङ्क्रमण भएर मृत्यू हुनेको संख्या आजको दिनसम्म १५ जना पुगिसकेका छन भने कोरोना पोजिटिभ ४३६४ पुगीसकेका छन अझै यो कहर कतिन्जेल रहिरन्छ भन्ने कुरा विश्व स्वास्थ्य सङ्गठनलाइ समेत थाहा छैन। मुलत हामीले बुझ्नुपर्ने काम भनेको कोरोना कहरबाट शिक्षा लिएर आगामी रणनीती तय गर्नुपर्ने हुन्छ। त्यसको लागि इच्छा शक्ति , भाबी योजना, श्रोत,साधन, र जनशक्ती नै मुलभुत कुराहरु हुन। भाबी योजना र इच्छा शक्ति तय नगर्दा जसरी बिकासशिल रास्ट्र अमेरिका, इटाली,फ्रान्सले ठूलो मानबिय र आर्थिक क्षती बेहोरिरहेको छ त्यस्तै हालत हाम्रो देसमा नहोला भन्न सकिन्न। यसको लागि सरकारले समयमै उत्तम आधार स्तम्भ पहिल्याइ अगाडि निर्णय गर्नुको बिकल्प छैन। जनतालाइ स्वास्थ्यमा सर्बशुलभ र निर्बाध पहुच हुनुपर्छ भन्ने अधिकारका कुरा गणतन्त्र नेपालको संविधानले नै ग्यारेण्टी गरेको छ। आज हामी सुन्दैछौ कोरोना पिजेटिभ भैसकेर अस्पताल भर्ना गरिएको बिरामीलाइ लक्षित गरि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही जेठ २० गते जारी गरेको National Testing Guidelines for Covid-19 अनुसार Symptom free भएको ३ दिन र १४ दिनको भर्ना,आइसोलेसन पछि बाकी (पछि गरिने टेस्ट) टेस्ट नगरी डिस्चार्ज गर्ने जानाकारी दिदै गर्दा जनताले स्वास्थ्य सेवा लिनबाट कतै बन्चित गर्न खोजिएको त होइन ? चालू आ.ब.को सन्चिती बजेट र पुजिगत बजेट शिर्षकबाट कोरोना नियन्त्रण गर्न पर्याप्त बजेट खर्च गरेर प्रत्येक पालिकामा पिसिआर टेस्ट कीट उपल्ब्ध गराउन सकिदैन? बिश्वले नै भरपर्दो नमानीरहेको आर्डिटी किटलाइ किन नेपालमा प्रयोग गरिन्छ? यस भित्र कुनै रहस्य त छिपेको छैन भन्ने शंका उपशंका जताततै नउब्जेको पनि होइन तरपनि हामी अपरिपक्क सामान किन्न जिटुजी प्रकृयाबाट तचाडमछाड गर्छौ। बातबमा जिटुजी मार्फत खरिद प्रकृया त्यति बेला ठिक हुन्छ जतिबेला जिटुजीको सिद्धान्त र मोडेल माथी गहन विश्लेषण गरि राज्यले निर्क्यौल गर्छ । खासमा नेपाल जस्तो अर्धबिकशित मूलुकका लागि जिटुजी खरिद प्रकृया भन्दा प्रतिस्पर्धा मार्फत ग्लोबल टेण्डर उपयुक्त हुन्छ। होइन बिना प्रतिस्पर्धा आफ्नो खुसीले टेण्डर दिनु भनेको सार्बजनिक खरिद ऐन २०६३ नियमाबली २०६४ बिपरित हो र यसको मूल आशय भनेकै भ्रस्टचार हो। उता सम्सद बैठकमा मातृभाषा वा रास्ट्रीय भाषा बोल्न छाडेर छिमेकी देसको रास्ट्रीय भाषामा कुर्ली कुर्ली बोल्छन माननीय ज्यु हरु ? आखिर गल्ती अहिले होइन पहिलै गरिसकेका छौ कि अङ्गीकृत नागरिकता होल्डर ब्यक्तिलाइ संविधानमै उल्लेख गरि देसको विशिष्ट ब्यक्ती बनाउन सकिने भनेर ? अनि किन हुदैन त सम्सद बैठक चलिरहेको समयमा बकैदा छिमेकी देसको मिडियाले लाइभ प्रशारण गर्छ। सन १८१६ को सुगौली सन्धी भएयता भारतले कति हेक्टर नेपाली भूमी मिचिरहेको छ ? के यसको लेखाजोखा नेपाल सरकार सङ्ग छ ? हुदा हुदा त भाजपाका पुर्ब अध्यक्ष तथा भारतका केन्द्रीय गृह मन्त्री अमितभाइ अनिलचन्द्र शाह उर्फ अमित शाह उल्टो घुमाउरो पाराले थ्रेट गर्छन कि भारतिय सिमानामा छेडछाड गर्न बच्चाको खेल होइन ,हाम्रो भूमी मिच्नेलाइ उरी पुलवामा भएको हमलामा पाकिस्तानलाई एअरस्ट्राइक र सर्जिकल स्ट्राइक मार्फत दण्डित गरेजस्तै सैन्य रणनीतिक र राजनैतिक दाउपेचको आधारमा जवाफी कारबाही गर्न सकिने जस्ता धम्की दिन्छन ? यसको प्रतिउत्तर नेपाल सरकार वा भारतस्थित कुटनीतिक नियोगले दिन सक्ने कि नसक्ने ? आज चिनियाँ जनमुक्ती सेना लद्दाख क्षेत्रको गलवान घाटी तथा पैनाङ्ग तालको वरिपरि एलएसी लाइन आसपास आफ्नो देसको सिमा सुरक्षामा तैनाथ हुदा बिस्तारबादी चीन भनेर आरोप लगाउछ र आफ्नो सेनापनी त्यही तैनाथ गरेको अबस्था छ। उसले चीनलाइ बिस्तारबादीको संज्ञा दिदै गर्दा नेपालको हजारौ हेक्टर जमिन मिच्दा चाहिँ उ झन ठुलो बिस्तारबादी भएन र ? आखिर यही प्रसङ्ग र हामीले भोगिरहेको अबस्थालाइ आधार मानी माथी उल्लेखित प्रबृती माथी कलम चलाउन जमर्को गरेको छु।

    लेण्डुप दोर्जे प्रबृती

    सन १९०४ मा सिक्किमको पाक्योङमा जन्मेका लेण्डुप दोर्जेको नाम नसुन्ने कमै होलान। सानै उमेरमा चतुर्याइको कारण उनी आफुले खोलेको सिक्किम प्रजा मण्डल र पछि सिक्किम काङ्रेसमा प्रजा मण्डल बिलय गराउदा समेत अध्यक्ष बने। त्यो बेला सिक्किम स्वतन्त्र मूलुक थियो। जब सिक्किम स्टेट काङ्ग्रेसको अध्यक्ष बनेकै साल तत्कालिन भारतिय प्रधानमन्त्री जवाहरलाल नेहरुलाई भेटेपछी सिक्किममा कायम रहेको राजतन्त्रको खुलेरै बिरोध गर्न त्यहा बसोबास गर्ने लेप्चा भोटे र नेपाली भाषीलाइ जातीय द्वन्द्व र अस्थिरता फैलाउन भारतले लेण्डुप दोर्जेको प्रयोग गर्यो। नभन्दै सन १९७३ मा भएको आमचुनाबमा सिक्किम स्टेट काङ्ग्रेसले भारतको सहयोगमा धाधली गरि पुन चुनाब गरेर बहुमत ल्यायो र उनी सिक्किमको प्रधानमन्त्री बने। बहुमत प्राप्त गरेकोले भारतको ग्र्याइण्ड डिजाइनमा संसद्को बैठकबाट सिक्किमको बिकास र तरक्कीको बारेमा सुनौला सपना देखाएर भारतमा मिसाउनु पर्छ भन्ने निर्णय बहुमतले पास गराइ भारतमा बिलिन गराए। अन्तत भारत स्वशासित सिक्किम प्रान्तको मुख्यमन्त्री बने। यो कुरा स्थानिय लेप्चा जाती लगायत नेपाल भाषी जनतालाइ पचेको थिएन र भारतले समेत उसलाइ सिध्याउने रणनिती बनाइरहेको थियो। यसको गतिलो प्रहार सन १९७९ मा भएको भारत निर्देशित चुनाबमा प्रयोग गर्यो । लेण्डुप दोर्जेको पार्टीले नराम्ररी हार बेहोर्यो।सिक्किमेली जनता र भारतले समेत लेण्डुपलाइ गद्दारीको संज्ञा दिएपछी आत्मासम्मानमा कुठराघात भएको ठानी पश्चिम बङ्गालमा आइ बस्न थालेपछी बल्ल चेत खुल्यो कि भारतको भर पर्दा आज न सिक्किम स्वतन्त्र राज्य रह्यो न त उसको अस्तित्वनै। त्यहीबाट शुरु भयो लेण्डुप प्रबृती।

    हिटलर प्रबृती

    अस्ट्रीयामा सन १८८९ मा जन्मेका एडोल्फ हिटलर पछि बसाइ सर्दै जादा जर्मनीमा पुगे। त्यहा गएपछी सन १९३२ को पुर्बार्धमा जर्मन तानाशाह बन्न पुगे। जातीय नीतिकै कारण लगभग १करोड १० लाख मानिसको नरसंहार गरे। कुनै देसलाइ जित्नको लागि सर्बप्रथम त्यस देसका नागरिकलाइ आफ्नो काबुमा राख्नु पर्छ भन्ने सोच भएका हिटलर सन १९३३ देखि सन १९४५ सम्म जर्मनको चान्सलर भएदेखी नै जर्मनी जनताहरुलाइ नाजी बिचारधारा प्रती बफादार भै मान्न बाध्य बनाए। त्यही बिचारको कारण जर्मनीलाइ एकदलिय अधिनायकबादी निरंकुश शासन सत्ता बनाउन हिटलर सफल रहे। नाजीहरु अत्यन्तै क्रुर, दया नभएका र मानबिय संबेदनसिलता प्रती गैह्रजिम्मेवार हुन्थे। दया धर्म करुणा भन्ने चिज कुन चराको नाम हो भन्नेसम्मका थिए नाजीहरु। जो कोहीलाइ पनि दुश्मन ठान्नु नाजीहरुको परमधर्म नै थियो। हिटलर आफुलाइ आर्य धर्म प्रती झुकाब रहेको र आफू नै आर्य हो साथै सबै जर्मनीहरु आर्य हुनुपर्छ भन्थे। यहुदी र कम्युनिस्ट भनेपछी उनी साह्रै इरिटेड हुन्थे। किनकी यिनीहरुकै कारण सन १९१८ मा भएको युद्धमा जर्मन हारेको हो भन्ने मान्यता बोकेका थिए। त्यही भएर जर्मन चान्सलर बने देखि नै कयुनिस्टहरुलाइ अघोसित करार गरे ६० लाख भन्दा ज्यादा यहुदीहरुलाई ग्यासको च्याम्बरमा हाली नरसंहार गरे। यतीले मात्र नपुगेर समग्र युरोप भरी जर्मन नाजी साम्राज्य स्थापनाका लागि सन १९३९ मा पोल्याण्ड माथी युद्ध शुरु गरे। यही कारणबाट युरोपबाट दोश्रो बिश्वयुद्धको शुरु भयो। दोश्रो बिश्वयुद्ध (सन १९३९-१९४५) ६ बर्ष सम्म चल्यो। यो युद्धमा जर्मनको समर्थनमा रहने देसका १करोड २० लाख र सोभियत रुसको समर्थनमा रहनेहरुको ६ करोड १० लाख मानिसहरुले ज्यान गुमाएका थिए।समाजबादी कम्युनिस्ट पक्षधर देसको नेतृत्व सोभियत रुस र पुजीबादी नीतिमा बिस्वास राख्ने देस यहुदीहरुको तर्फबाट अमेरिकाले नेतृत्व गरि चारैतिरबाट जर्मन माथी सैनिक आक्रमण गरे। यही कारणबाट एडोल्फ हिटलरलाइ नाजीबाद देखि दोश्रो बिश्वयुद्धको गुरु भनेर पनि चिनिन्छ। जनबारमा बिरालो देखि र शारिरीक जिबनमा मृत्युदेखी डराउने हिटलर सन १९४५ को अप्रील ३० का दिन सोभियत रुसले जर्मनको बर्लिन माथी आक्रमण गर्दा दरबार भित्रकै ५० फिट गहिरो सुरक्षित बङ्कर भित्र आफ्नो प्यारो कुकुर ब्लाण्डी,श्रीमती (२ दिनको-बिबाह भएको २९ अप्रील रातको १२ बजे र २५ मिनेट जादा) इभा ब्राउन सहित आफुलै आफैलाइ गोली हानी आत्महत्या गर्न पुगे। उनले दोश्रो विश्व युद्ध हुदैगर्दा तथा जर्मनीले हार बेहोर्दै गर्दा के कुराको महशुष भएको निस्कर्ष निकाल्छन भने पहिलो जनतालाइ सामाजिक जिम्मेवारीको भावना जगाएर धेरै भन्दा धेरै आधारभूत परिस्थितीको निर्माण गर्नुपर्ने र दोश्रो सामाजिक जिम्मेवारी प्रतिको उत्तरदायित्वलाइ बहकाउने अन्धबिस्वास, कुरिती जुन बिषयले कुनै सुधारको सम्भाबना हुदैन ती कुरालाइ जरैबाट फाल्न ढृढ संकल्प लिनु पर्छ। यसो गर्न पहिलै बाट जोड दिन सकेको भए जर्मनको अबस्था यस्तो हुदैनथ्यो भनेर हिटलरले आफ्नो आत्मबृतान्तमा उल्लेख गरेको पाइन्छ। हिटलरको मृत्यु पश्चात दोश्रो बिश्वयुद्धको पनि अन्त्य भयो। यसरी युरोपभरी फैलिएको नाजी तानाशाहको पनि अन्त्य भयो तर यो प्रबृतीको अन्त्य हुन सकेको छैन।

    बिकास

    बिकासको अर्थ केबल बर्तमान समयको लागि मात्र हासीखुसी साथ रमाउनु मात्र नभै आउने भाबी पुस्तालाइ समेत हुनेगरी बनाइएको बृहत् योजनालाई कार्यान्वयन गर्नु बिकास हो। जसरी मलेशियाका प्रधानमन्त्री महाथिर मोहम्मदले आर्थिक तथा सामाजिक हितलाइ ध्यानमा राख्दै बृहत् नीतिहरु सार्बजनिक गरे। पुरातनबादी सामन्ती अर्थतन्त्रलाइ बिस्थापन गर्दै पुजीबादी,उत्पादन तथा निर्यातमुखी अर्थतन्त्रको बिकास गरे। परम्परागत पेशालाइ बिस्थापन गरि आधुनिक ब्यबसाय सन्चालन गरे। राजनीतिलाइ कम र अर्थतन्त्रलाइ बढी प्राथमिकता एबम देसलाइ आर्थिक केन्द्रको रुपमा बिकास गराउन थाले। आज दक्षिण एसियाली मूलुकमा मलेशिया नम्बर वान अर्थब्यबस्था भएको देसको रुपमा दरिएको छ। भने हाम्रै छिमेकी मूलुक भारतका प्रधानमन्त्रीले बिकासको बाधक बनेको गरिबीलाइ ध्यानमा राखी जनकल्याण योजना ल्याए। जस अन्तर्गत घर, शौचालय, खाना पकाउने ग्यास र क्रेडिट समाबेश थियो। उच्चतम प्रबिधीको प्रयोग गरि तुरुन्तै कार्यक्रम लागू भयो। यो योजनाले समग्र भारतमा रहेका न्यून आय भएका घर नभएका गरिबहरुको जिबनस्तर उकास्न सहज भयो। यसकारण हाम्रो देसले पनि बिकासको मोड्यालिटी उच्च बनाउन निम्न लक्ष पूरा गर्नुपर्छ।

    १) औसत आयु

    एक औसत बयस्क ब्यक्ती जति बर्ष सम्म बाच्छ यसलाइ औसत आयु भनिन्छ। बि.स.२०६८ को जनगणना अनुसार नेपालका पुरुषको सम्भाबित आयु ६८.५ बर्ष र महिलाको आयु ७१ बर्ष रहेको छ। जुन देसमा जनताले मूलभुत सुबिधाहरु पर्याप्त पाउँछन्, पर्याप्त र सहज स्वास्थ्य सुबिधा पाउँछन् त्यहाको जनताको आम्दानी पनि उच्च हुन्छ भने मानिसको औसत आयु पनि बढी नै हुन्छ।

    २) साक्षरता दर

    २०६८ को जनगणना अनुसार नेपालीको साक्षरता दर ६५.९% छ। जस अनुसार पुरुषको साक्षरता दर ७५.१% र महिलाको साक्षरता दर ५७.४% मात्रै छ। कुनै पनि देसको बिकास उच्च हुन शिक्षाको महत्वपुर्ण भुमिका हुन्छ। शिक्षाबाट नै देसले राम्रो मानव संशाधन पाउछ। राम्रो मानव संशाधनले देसको अर्थतन्त्रमा महत्वपुर्ण भुमिका खेलेको हुन्छ। शिक्षाले ब्यक्तिगत मात्र नभै समग्र रास्ट्रकै लागि धेरै अबसरहरुको ढोका खोलिदिन्छ। बैज्ञानिक र समयसापेक्ष असल शिक्षाले एक ब्यक्तिमात्र नभै उसको सिङ्गो परिवारलाइ सहयोग पुग्छ। नेपालले पनि पुरातन संस्कृतिको शिक्षा भन्दा अब बैज्ञानिक प्रबृधीको शिक्षा नीति अबलम्बन गर्नुपर्ने हुन्छ।

    ३) आधारभूत संरचना

    कुनैपनी देसको अर्थब्यबस्था मजबुत हुन आधारभूत संरचनाले कुनाको कोशेढुङ्गाको काम गर्छ। देसमा सडक संजाल , रेलको ब्यबस्थापन, सुबिधा सम्पन्न एअरपोर्ट, मिनी शहर, ड्राइपोर्ट, विद्युत उत्पादन, आधुनिक कृषि बजारिकरण वेयर हाउस जस्ता पक्षहरु सबल अर्थतन्त्रको मेरुदन्ड मानिन्छ। यसको बिकासले देसको सम्बृद्धीमा टेवा पुर्याउछ। सबको साथ,सबको बिकास भन्ने नारालाइ नीतिगत रुपमै कार्यान्वयन गराउन सक्नुपर्छ। हामीमा त त्यस्तो नीतिगत ब्यबस्था हुनै सकेन। देसलाइ कसरी सम्बृद्ध बनाउने भन्ने बिषयमा छलफल त चल्छ तर त्यो ब्यबहारमा लागू गरिदैन।

    ४) दक्ष जनशक्ति

    देसलाई चौतर्फी बिकासको मोडेलमा लैजान दक्ष जनशक्तिको पनि उत्तिकै महत्वपुर्ण भूमिका रहन्छ। सही शिक्षाद्वारानै दक्ष जनशक्ती उत्पादन गर्न सकिन्छ। त्यसको लागि पर्याप्त निपुर्ण जनशक्ती उत्पादन गर्न प्रत्येक प्रदेस स्तरमा जनशक्ती उत्पादन केन्द्र खोल्नु आबस्यक हुन्छ। जसबाट रास्ट्र बिकासको लागि दक्ष जनशक्ती बाहिरबाट ल्याउन नपर्ने र देसकै अर्थतन्त्र बाहिर जानबाट रोकिने हुन्छ। साथै नेपालले त्यस्ता अब्बल जनशक्तिलाइ बाहिर जान दिनुको सट्टा नेपालमै कार्यक्षमताको आधारमा पारिश्रमिक उपलब्ध गराउन सक्नुपर्छ तब दक्ष जनशक्ती बिदेस पलाएन हुनबाट रोकिन्छन।

    ५) कुशल सरकार

    राज्य सन्चालन गर्ने नेतृत्व कुशल हुन पनि त्यतिकै जरुरी हुन्छ देसको बिकास गर्नको निम्ति। सरकार कमजोर भयो, ढुलमुलेपनको भयो तथा दिर्घकालिन सोचको भैदिएन भनेपनी बिकासले फड्को मार्न सक्दैन। यसले गर्दा कर्मचारीतन्त्र हाबी हुन गै सोचेको योजना अनुसार चल्न सक्दैन। सरकार एक कुशल अनि इमान्दार प्रशासक पनि भएकोले आफ्ना मातहतका ब्यक्तिलाइ चलायमान बनाउन उतिकै दायित्व हुन्छ। बिकास योजनामा सरकारले शून्य सहनशिलताको नियम अबलम्बन गर्न सक्नुपर्छ। ब्याप्त भ्रस्टचारको जरोलाइ सदाका लागि उखेलेर फाल्न सकियो भने मात्र सरकार कामकाजी हुन्छ र देसले नया मुहार फेर्न पाउछ।

    माथी उल्लेखित बिषयले हामिलाइ के कुरा अबलम्बन गर्न सिकाउछ भने केही निर्णय लिनुभन्दा पहिला हजार बार सोचौ तर एकपटक निर्णय लिइसकेपछी हजार मुस्किल आउदापनी पछि नहटौ । यहाँ फेरि उहीँ नाजी तानाशाह हिटलरको कथन सान्दर्भिक हुन्छ-“ जिन्दगीले दुर्बल ब्यक्तिलाई कहिलै माफ गर्दैन त्यसैले मजबुत बनौ।´´दुर्बल भएर न त देसको बिकास हुन्छ न त आफ्नो अस्तित्व नै सबल हुन्छ। हामी लेण्डुप झै भारतको गोटी बन्न आबस्यक छैन । हामी हिजोपनी स्वाभिमानी थियौ भोलीका दिनमा पनि स्वाभिमानी बन्न सकौ। देसको चौतर्फी हितमा सोचौ। अहिले सरकारमा छौ भोलि प्रतिपक्षमा रहनुपर्ने अबस्थापनी आउन सक्छ। सरकारमा रहुन्जेल देसको मुहार फेर्ने बाहेक अरु कुनै कुरा नसोचौ। बिरोधमा बिरोध गर्ने पुरानो चलन त्यागौ। देसको अर्थतन्त्रले भ्याउनेसम्मको कुरा गरौ। फजुल खर्च ,फजुल सत्कार र रास्ट्रको ढुकुटी माथी ब्रम्हलुट गर्ने धन्दा टोटल्ली खारेज गरौ। हामीले हाम्रा मित्ररास्ट्रको पनि सिको गरौ खर्च मितब्ययिताको बारेमा। भौतिक पुर्बाधार बिकासको नाममा होस वा अन्य सामजिक बिकासका नाममा हुने गरेका आर्थिक अपचलन र बेतिथीलाई निराकरण गर्न नियमनकारी निकायको गठन गरौ।बिकास किन सम्भब छैन ? हामीले आन्तरिक कर प्रणालीलाइ मात्र देख्यौ तर त्यही कर कत्तिको दुरुपयोग भैरहेको छ भन्नेकुरा मनन गर्न सकेनौ। जनताको क्षमतालाइ नजर अन्दाज लगाऔ। प्रजातान्त्रीक पद्धती अनुसार जनताद्वारा नेता छानिनेहुदा जनताको कुरा सुनौ परन्तु जनताका कुरा सुन्ने नाउमा पुरानो सामन्ती संस्कारमा झै गाउको मुखियाले भनेपछी सबै गाउका जनताको कुरा थाहा पाएजस्तो नगरौ। किनकी त्यही जनताले तपाइहरु लाई नेता बनाउन युद्ध लडेका हुन, तपाइहरुलाइ जिम्मेवार ब्यक्ती बनाउन भोक-तिर्खा, सन्चो बिसन्चो नभनी आन्दोलन गरेका हुन, मत दिएर सम्मानित पदमा पुर्याएका हुन, देसको कार्यकारी पदमा पुर्याएका छन। आज तिनै जनताले तपाइहरुलाइ भेट्न पाउदैन। आफ्ना गुनासा र गाउको गुनासो पोख्न पाएको छैन यसरी जनता र नेताको दुरी टाढा भएपछी देसले बिकासमा कहिले फड्को मार्ला ? लोकतन्त्रमा प्रतिपक्ष हुनै पर्छ। प्रतिपक्षको राम्रा कुरालाइ सकरात्मक पाटोबाट ग्रहण गर्दै सम्बृद्धका मोडेलहरु तयार गर्नुपर्छ। , यदी सुनिएन भने हामी तानाशाह बन्न समय लाग्दैन त्यसैले हामी कुनै देसको आस्वासनको पछि लागेर न त लेण्डुप दोर्जे नै बन्नु छ न त अहंम्ताबादी र ब्यक्तिबादी चरित्र बोकेर हिटलर जस्तो तानाशाह नै बन्नु छ। बन्नु छ त केबल सच्चा देसभक्त (जसलाइ रास्ट्रभक्त पनि भनिन्छ)अनि रास्ट्रीय स्वाभिमानलाइ अक्षुण राखी देसको रास्ट्रीय अर्थतन्त्रको मितब्ययिता अपनाउदै सम्बृद्धको मार्ग तर्फ डोर्याउन नीतिगत पहककदमी लिन सक्ने सरकार।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु