• बुटवल बाट पाल्पा आउदै गरेको कार दुर्घटना, एक जना गम्बिर घाइते

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३० जेष्ठ २०७७, शुक्रबार २१:२१

    कमल राज पुरी

    पाल्पा बुटवल सडक खण्डको सिद्धार्थ राजमार्गमा कार दुर्घटना भएको छ । शुक्रबार दिउँसो सिद्धबाबा नजिकै कार सडकबाट करीब २०० मिटर तल तिनाउ खोलामा खसेको हो । रुपन्देहीको बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु १ ज ४०९३ नम्बरको कार आज दिउँसो करिब ३ बजे तिनाउ खोलामा खस्दा १ जना गम्भीर घाइते भएका छन् ।
    घाइते हुनेमा गुल्मी जिल्लाको मालिका गाउँपालिका वडा नम्बर – ५ छापहिलेका २५ वर्षीय ओमप्रकास अर्याल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुरज श्रेष्ठले उज्यालो नेटवर्कलाई जानकारी दिए । घाइतेलाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ । उक्त कारमा कतिजना सवार थिए भन्ने खुल्न नसकेको प्रहरीको भनाइ छ ।दुर्घटनामा अरू पनि हुन सक्ने आशंकामा खोजी कार्यलाई तीव्र गरिएको छ । घट्ना के–कसरी भएको हो ? भन्नेवारे थप विवरण आउन बाँकी छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु