सबैले योग गर्ने बानी बसालौं– सदस्य–सचिव घिसिङसहकारी रोजगार मेला सुरु! रोजगारी खोज्ने युवालाई ठुलो अवसर - सहकारी मन्त्रीआज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैगोल्डेनगेट एसईई कप शनिबारदेखि हुनेविद्यालय खेलकुदसँग बक्सिङको साझेदारीआमा कुजाईन रेस्टुरेन्ट क्यानडाका निर्देशक ज्ञानेन्द्र बञ्जारा सम्मानितहेर्नुस् आज असार ७ गते शुक्रबारको राशिफलसगरमाथा आधार शिविरमा ‘विश्व शेफ सम्मेलन’ घोषणा,समाज कल्याण परिषद्लाई सातै प्रदेशमा विस्तार गरिनेपिकोलो रेस्टुरेन्ट एण्ड इभेन्ट्सका प्रवन्ध निर्देशक श्रेष्ठ सम्मानित

दुई साता यता विश्वभर कोरोना भाइरस संक्रमितको संख्या झनै बढ्दै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ जेष्ठ ३१ गते, शनिबार ०८:४९

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट एकै दिनमा संक्रमित हुनेको संख्या अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।

शुक्रबार एकै दिनमा १ लाख ४० हजार ९ सय १७ जना कोरोनाबाट संक्रमित भएका छन् । बिहीबार १ लाख ३७ हजार ८ सय ८७ जनामा संक्रमण पुष्टि भएको थियो । बुधबार १ लाख ३५ हजार ६ सय ३८ जनामा संक्रमित थपिएका थिए ।

यसरी पछिल्लो तीन दिनमा लागातार थपिएका संक्रमितको संख्याले नयाँ रेकर्ड राखेको छ । दुई साता यता विश्वभर संक्रमितको संख्या झनै बढ्दै गएको छ ।

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी अमेरिकामा साढे २६ हजार भन्दा धेरै संक्रमित थपिएका छन् । ब्राजिलमा २४ हजार भन्दा धेरै, भारतमा ११ हजार भन्दा धेरै, रुसमा झण्डै नौ हजारमा संक्रमण पुष्टि भएको छ ।

यस्तै पेरुमा झण्डै ६ हजार, चिलीमा साढे ६ हजार भन्दा धेरै, पाकिस्तानमा ६ हजार भन्दा धेरै, मेक्सिकोमा साढे चार हजार भन्दा धेरै, साउदी अरेबियामा झण्डै चार हजार, इरानमा दुई हजार भन्दा धेरैमा संक्रमण देखिएको छ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट ४ हजार ६ सय ३ जनाको मृत्यु भएको छ । जसमध्ये ब्राजिलमा ८४३, अमेरिकामा ७९१, मेक्सिकोमा ५८७, भारतमा ३८९, चिलीमा २२२, बेलायतमा २०२, पेरुमा १९९ र रुसमा १८३ जनाको को मृत्यु भएको छ ।

जोन हपकिन्स विश्वविद्यालयका अनुसार कोरोनाबाट अहिलेसम्म ७६ लाख २९ हजार २ सय बढि व्यक्ति संक्रमित भएका छन् भने ४ लाख २५ हजार ३ सय ३० जनाको मृत्यु भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु