• सिमलटारीमा पालिका स्तरिय आँखा उपचार केन्द्र स्थापना हुने

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३२ जेष्ठ २०७७, आईतवार १९:४६

    कमल राज पुरी- गुल्मी जिल्लाको मालिका गाउपालिका वडा नम्बर -८ मा ‘सिमलटारी आँखा उपचार केन्द्र’ स्थापना हुने भएको छ । नेपाल नेत्रज्योति सँघ केन्द्रीय कार्यालय बाट मालिका गाउपालिका वडा नम्बर -८ मा ‘सिमलटारी आँखा उपचार केन्द्र ‘ खोल्न स्वीकृत गरि जेठ २५ गते पत्र पठाइएको थियो ।स्थापना हुन गइरहेको सिमलटारी आँखा उपचार केन्द्रको सञ्चालन सम्बन्धि बैठक जेठ ३२ गते सम्पन्न भएको छ । उक्त बैठकले मालिका गाउपालिकाका अध्यक्ष रित बहादुर थापा सँरक्षक रहने गरि ७ सदस्यिय तदर्थ सञ्चालक समिति गठन गरेको छ ।

    तदर्थ समितिको अध्यक्षमा मालिका गाउपालिका वडा नम्बर -८ का अध्यक्ष टीका जिसी , कोषाध्यक्षमा मुक्तिराम पौडेल , सदस्यहरुमा तुल्सिराम अर्याल ,सावित्रा अर्याल,वसन्त राज भुसाल, रुद्र बहादुर केसी र सदस्य सचिवमा हिम बहादुर पौडेल रहनुभएको छ । अहिले पुरानो स्वास्थ्य चौकि भवन ढावमा केन्द्र सञ्चालन गरिने ,थप जग्गा उपलब्ध गराउन र केन्द्रमा काम गर्ने प्राविधिक कर्मचारी (O.A) को पारिश्रमिक वाफत प्रत्येक आर्थिक वर्षको लागि कम्तिमा पाँच लाख रुपैयाका दरले उपलब्ध गराउनका लागि मालिका गाउपालिकालाई अनुरोध गर्ने वडा अध्यक्ष टीका जिसीले न्युजलाईन नेपाललाई जानकारी दिनुभयो ।

    सिमलटारीको ढावमा भएको उक्त बैठकमा मालिका गाउपालिकाका अध्यक्ष- रित बहादुर थापा , उपाध्यक्ष- देवा अर्याल, स्वास्थ्य सँयोजक -वसन्त राज भुसाल, नेत्र ज्योति सँघ गुल्मीका सभापति- शेर बहादुर थापा,उप सभापति -अखिलेश्वर प्रसाद पाण्डे ,सचिव -राजेन्द्र प्रसाद श्रेष्ठ, कोषाध्यक्ष -पदम प्रसाद पाण्डे, गुल्मी आँखा उपचार केन्द्रका प्रमुख- सुर्य बहादुर वस्नेत लगाएतको उपस्थिती रहेको थियो ।
    बैठकमा बोल्दै गाउपालिका अध्यक्ष थापाले गाउपालिकाले पुर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभएको थियो भने उपाध्यक्ष देवा अर्यालले आँखामा सामान्य समस्या हुदा पनि टाढा जानुपर्ने समस्याको अनत्य हुने बताउनुभएको थिय‍ो । आँखा उपचार केन्द्रका लागि नेपाल नेत्र ज्योति सँघ गुल्मीले तत्काल एक लाख रूपैया उपलब्ध गराउने सभापति शेर बहादुर थापाले बताउनु भएको छ ।।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु