‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी (फोटो फिचर)हेर्नुहोस् आज मिति २०८० साल असोज १४ गते आइतबारको राशिफलगीति कविता : मैले तिमीसँग किनआईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दिक्षीतसमाजबाट दुव्र्यसनलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बिषयमा छलफलमाओवादी केन्द्रबाट बारपाक सुलिकोट गाउँपालिका स्तरीय रिटर्नी सेन्टर संगठन गठनप्रज्ञापारमिता स्थापनाको १३ औं बार्षिक उत्सवहाडजोर्नी तथा नसा रोगबारे लेखिएको ‘अर्थोपेडिक प्राक्टिस ईन नेपाल’ पुस्तक भविष्यमा सिद्धान्तको रुपमा विकास हुने डा. लामिछानेको दाबीBishal Milan Kendra vs. Tribhuwan Army Club: An Epic Battle Ends with Tribhuvan Army Club Emerging Victoriousरोयल इनफिल्डको Hunter Hertiage Ride 2023 आयोजना

अभिनेता सुशान्त सिंह राजपुतले गरे आत्महत्या, विगत ६ महिनादेखि डिप्रेशनमा थिए !

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ जेष्ठ ३२ गते, आईतवार २२:३०

सुशान्तले आफ्नो कोठाको ढोका नखोलेपछि उनका साथीहरुले ढोका फोडेर हेर्दा झुण्डिएको अवस्थामा थिए । त्यसपछि उनका साथीहरुले पुलिसलाई तत्काल खबर गरेका जनाइएको छ ।अभिनेता सुशान्तले आफ्नो करियरको सुरुवात टीभी एक्टरको रुपमा सुरु गरेका थिए । उनले सबै भन्दा पहिले ‘किस देश मे है मेरा दिल’ नामक धारावाहिकमा काम गरेका थिए । तर, उनी एकता कपुरको धारावाहिक ‘पवित्र रिश्ता’बाट चर्चामा आउन सफल बनेका थिए ।

त्यसपछि उनको फिल्ममा सफर भयो, उनी फिल्म ‘काय पो छे’बाट लिड रोलमा देखिएका थिए । उक्त फिल्ममा उनको अभिनयको निकै तारिफ भएको थियो ।त्यसपछि उनी ‘शुद्ध देशी रोमान्स’मा वाणी कपुर र परिणीति चोपडाको साथमा देखिए । साथै आमिर खानको सुपरहिट फिल्म ‘पिके’मा पनि उनले काम गरे । तर, भारतीय टिमको पूर्व कप्तान एम एस धोनीको बायोपिक फिल्मबाट भने उनी बलिउडका चर्चित र सफल अभिनेता बन्न सफल बनेका थिए । सो फिल्म बक्स अफिसमा सुपरहिट बनेको थियो ।

पछिल्लो समय उनी सोनचिडिया, छिछोरे, र केदारनाथमा देखिएका थिए । साथै उनको अपकमिङ फिल्म ‘किजी और मैनी’ थियो । यस फिल्मको केही दिन अगाडि मात्रै फस्र्ट लुक सार्वजनिक भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु