शिक्षा विधेयकको विरोधमा शुक्रबार तेस्रो दिन पनि शिक्षकहरुले प्रदर्शन जारीअबदेखि भाइबरबाट पनि बससेवाको अनलाइन बस टिकट काट्न सकिनेविश्व विद्यालय दूध दिवसको अवसरमा कविता प्रतियोगिता गराइने "NeBA and Li-Ning Company Host Farewell for Women's 3x3 Basketball Teamआश्विन ५ गते शुक्रबार : यस्तो छ तपाईंको आजको राशिफलसनातन हिन्दु धर्मको रक्षागर्नु हाम्रो जिम्मेवारी हो : रामबाबाप्रोलिफिक स्कुलको आयोजनामा छात्र फुटसल प्रतियोगिता २०८० को पुरस्कार बितरणभोट गर्न सबैमा गणेश श्रेष्ठको अनुरोधअसोज १० गतेदेखि फर्निचर एक्स्पो सुरु हुँदै, आर्थिक कृयाकलाप चलायमान बनाउने अपेक्षानिक्षेप तथा कर्जा सुरक्षा कोर्षको भूमिका महत्वपूर्णः अर्थमन्त्री डा. महत

कर करले नभइकन रहरले तिर्न पाउनु पर्छ- रोकाय

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ असार १ गते, सोमबार १०:३९

काठमाडौं। सरकारलाई कर करले नभइकन रहरले तिर्न पाउनु पर्छ। विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) का कारण जारी लकडाउनले करिब तीन महिना भैसकेको छ–व्यापार व्यवसाय बन्दाबन्दी अवस्थामा भएको । यस्तो अवस्थामा पनि सरकार चलाउनका लागि सरकारले नेपाली जनतावाट जबरजस्ती कर असुली गर्न खोजेको कार्य निश्चय पनि अलोकप्रिय कार्य हो। वर्तमान विषम परिस्थितिमा विश्वका अनेक मुुलुकमा जस्तो विभिन्न राहत प्याकेज तथा राशन कार्ड लगायतको व्यवस्था भैरहेको बेला मर्कामा परेका नेपाली जनतावाट कर उठाउन गरिएको प्रयास निकम्मताको पराकाष्ठता हो। सरकारको यो निकम्मतालाई सर्वोच्च अदालतले लकडाउन खुलेको ३० दिनभित्र कर तिराउन अन्तरिम आदेश दिएर नेपाली जनतालाई राहत दिएको वर्तमान अवस्था छ। यस अवस्थामा पनि सरकारको अर्थ मन्त्रालयले सर्वोच्च अदालतमा अन्तरिम आदेशको पूर्नरावलोकनका लागि भ्याकेन्ट दर्ता गरेर अर्को फेरि नचाहिदो काम गरेको छ। विषम परिस्थितिमा जबरजस्ती कर उठाउने यो प्रपंच कसैको लागि पनि सह्य कार्य होइन। यस संवन्धमा सरकारमा रहेका विज्ञहरुले सरकारलाई कस्तो सल्लाह दिइरहेको छ भन्ने पनि प्रमाणित भएको छ। कर्मचारीहरु तलब खान नपाइएला भनेर अनेक प्रपंच रचिरहेका छन्। जुन दुःखद कुरा हो।

लेखिका तारा कुमारी खत्री (रोकाया)नेपालगन्ज उद्योग वाणिज्य महासंघकी निवर्तमान उप-महासचिव हुनुहुन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु