• सुनको मुल्यमा नयाँ रेकर्ड कायम

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १ असार २०७७, सोमबार १२:११

    असार १, काठमाडौं । कोरोना महामारीका कारण सुनको मूल्य तीव्र ढंगले उकालो लागिरहेको छ । साताको दोस्रो दिन सोमबार सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । आइतबार ८९ हजार ६ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज ८९ हजार सात सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    तेजावी सुन तोलामा एक सय रुपैयाँले बढेर ८९ हजार २६५ रुपैयाँ पुगेको छ । चाँदीको भाउ १० रुपैयाँले घटेर प्रतितोला ९२५ रुपैयाँमा कारोबार भइरहेको छ । यही ढंगले सुनको मूल्य बढिरहे केही दिनमै तोलाको एक लाख नाघ्ने देखिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु