• अधिकारीको सहयोग पछि तर्केश्वरको मच्चेखोला-हल्लेफाट सडककाे स्तरोन्नति

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २ असार २०७७, मंगलवार ११:४१

    नुवाकोट । नुवाकोटकाे तार्केश्वर गाउँपालिका वडा नम्बर ५ गोर्स्याङको मच्चेखोला -संखादेबी- हल्लेफाट ग्रामीण कृषि सडक स्तरोन्नतिको काम सुरु भएको छ । समाजसेवी एबम गन्तव्य नेपाल ग्रुपका अध्यक्ष शिव अधिकारी (अविरल)ले डोजर लगायतको सम्पुर्ण खर्च बेहोर्ने प्रतिबद्धता व्यक्त गरेपछि काम सुुुरु भएको हो ।

    सडक स्तरोन्नतिको काम लामो समयदेखी रोकिदा स्थानीयले निकै सास्ती पाएको गुनासो पछि सो क्षेत्रको अबलोकन पश्चात् सहयोग गरेको अधिकारीले बताए । जनतालाइ सहयोग गर्ने यो अभियान जारी नै रहेको उनले बताए ।

    सो सडक स्तरोन्नतिका लागि गाउँपालिका र वडा ५ कार्यालयले खासै चासो नदेखाएको स्थानीयको गुनासो छ अधिकारी ले बताए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु