• आज थप ३ सय ८० काेराेनाभाइरस संक्रमित पुष्टि

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २ असार २०७७, मंगलवार १८:१३

    काठमाडौं, २ असार । मंगलबार नेपालमा ३ सय ८० काेराेनाभाइरस संक्रमित थपिएका छन् ।
    स्वास्थ्य मन्त्रालयले दिएकाे जानकारी अनुसार अब नेपालमा ६ हजार पाँच सय ९१ जना काेराेनाभाइरस संक्रमित पुगेका छन् । देशका ७३ जिल्लामा काेराेना संक्रमित भेटिएका छन् ।
    उनीहरु मध्ये ४९९ जना महिला र ६०९२ जना पुरुष रहेका छन् ।

    तीमध्ये १,१५८ जना निको भएका छन् भने १९ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए।

    अहिलेसम्म ७७ मध्ये ७३ जिल्लामा कोभिड १९ पुगेको पुष्टि भएको छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु