• कोभिड कोषबाट भत्ता नलिने उपमहानगरपालिकाका अधिकृतहरुको निर्णय

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २ असार २०७७, मंगलवार २२:२९

    बुटवल-बुटवल उपमहानगरपालिकाका अधिकृत स्तरका कर्मचारीहरुले कोभिड कोषबाट कुनैपनि भत्ता नलिने निर्णय गरेका छन् ।“हामीले कोभिड कोषबाट उपलब्ध हुने कुनैपनि रकमबाट भत्ता नलिने निर्णय गरेका छौं, सरकारलाई आर्थिक संकट परेको बेला हाम्रो लागि छुट्याएको रकम पनि कोभिड नियन्त्रणमै प्रयोग होस् भन्ने हाम्रो उद्देश्य हो ।” उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चक्रपाणी शर्माले भने ।नेपाल सरकारले लकडाउनको अवधीमा कोरोना महामारी नियन्त्रण तथा उपचारमा फ्रन्टलाईनमा रहेर काम गर्ने कर्मचारीलाई तलबको ५० प्रतिशत रकम प्रोत्साहन भत्ता स्वरुप दिने निर्णय गरेको छ ।

    तर बुटवलका अधिकृत स्तरका कर्मचारीहरुले भने उक्त प्रोत्साहन भत्ता नलिने घोषणा गरेका हुन ।  यस अघि  काेभिड नियन्त्रण अभियानमा सघाउने भन्दैै प्रमुख प्रशासकीय अधिकृतले ७ दिनकाे बरिष्ठ अधिकृत र अन्य अधिकृतले ५ दिनकाे तथा अन्य कर्मचारीले ३ दिन बराबरको तलव सहयाेग गर्ने घाेषणा गरेका थिए।कोरोना संक्रमणको महामारीको बेला क्वारेन्टाईन तथा आईसोलेशन व्यवस्थापनमा दैनिक खटिएका उनीहरुले संकटमा राज्यलाई सहयोग गर्नुपर्छ भन्दै सरकारले उपलब्ध गराउने भनेको भत्ता रकम नलिने घोषणा गरेका हुन् । प्रमुख प्रशासकीय अधिकृत र महासाखा प्रमुखहरुको बैठक बसेर प्रोत्साहन भत्ता नलिने निर्णय गरेका थियो पछि सबै साखा प्रमुखहरुले उक्त भत्ता नलिने निर्णयमा सहभागी हुने बताउनु भएको छ प्रमुख शर्माले भने ।

    उपमहानगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत संगै ६ जना महाशाखा प्रमुख र २४ जना शाखा प्रमुख गरि ३१ जना अधिकृत स्तरका कर्मचारीहरु रहेका छन् ।सरकारले उपलब्ध गराउने भनेको ५ं० प्रतिशत प्रोत्साहन भत्तामात्रै मासिक ५ लाख रुपैया हाराहारी हुन आउने शर्माले बताए । सरकारले घोषणा गरेको लकडाउनको २ महिना २० दिनको १३ लाख बढि रकम प्रोत्साहन भत्तामा मात्रै खर्च हुन्थ्यो ।
    तर उपमहानगरपालिकाको विपद् व्यवस्थापन फोकल पर्सन र स्वास्थ्य शाखा प्रमखलाई भने उपलब्ध गराईने शर्माले जानकारी दिए । यसका साथै राहत बितरणको समयमा खटिएका वडा सचिवहरुले भने उक्त समयको भत्ता पाउने छन । यस्तै सरकारले उल्लेख नगरेको सफाईकर्मीहरुको लागि भने उपमहानगरपालिकाले तलबको २५ प्रतिशत प्रोत्साहन भत्ता उपलब्ध गराउने छ ।

    “फ्रन्टलाईनमा काम गर्ने कर्मचारी संगै सफाईकर्मीहरु पनि जोखिम मोलेर काममा खटिएका हुन्छन्, उनिहरुलाई प्रोत्साहन गर्नु उपमहानगरपालिकाको दायित्व पनि हो ।” उनले भने । उपमहानगरपालिकामा ४० जना सफाईकर्मी रहेका छन् ।बुटवल उपमहानगरपालिका कार्यालय तथा १९ वटा वडा कार्यालय गरि करिब ३ सय कर्मचारी रहेका छन् ।कोरोना महामारीका कारण बुटवल उपमहानगरपालिकामा पनि राजश्व संकलनमा कमी आएको छ । “ यस्तो संकटका बेला बुटवललाई कस्तो बनाउने भन्ने जिम्मेवारी बुटवलका नागरिक, जनप्रतिनिधी र कर्मचारीको हातमा छ, हामीले कर्मचारीको जिम्मेवारी निर्वाह गरेका हौं । उनले भने राजश्व महाशाखा प्रमुख वरिष्ठ अधिकृत विष्णु खनालले गत आर्थिक वर्षमा ३६ करोड राजश्व संकलन गरेकोमा चालु आर्थिक वर्षमा ५२ करोड राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । महामारीका कारण लक्ष्यमा धक्का पुगेको नगरपालिकाले बताएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु