आज थप ५८६ जनामा कोरोना संक्रमणको पुष्टि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ असार ३ गते, बुधबार १७:५३

काठमाण्डाै । नेपालमा थप ५८६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसंगै संक्रमितको संख्या ७ हजार १७७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमण पुष्टि भएकाहरुमा ४० जना महिला र ५४६ जना पुरुष छन् ।

वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उदयपुरका चार जना, सिरहकाका १ जनामा कोरोना पुष्टि भएको छ । विराटनगरको परीक्षणमा मोरङका ९ जना र झापाका २ जना, जनकपुरमा धनुषाका ४ जना, महोत्तरीका ५ जना, बाराका ७ जना र रौतहटका ११ जनामा संक्रमण देखिएको हो ।

नारायणी अस्पताल वीरगञ्जमा महोत्तरीका ६ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा कपिलवस्तुका १० जना, महोत्तरीका १ सय ८९ जना, रौतहटका ३९ जना, रुपन्देहीका ३ जना, सर्लाहीका ६ जना र प्युठानका १८ जनामा संक्रमण देखिएको छ । यस्तै, भरतपुरमा भएको परीक्षणमा अर्घाखाँचीका ३ जना, धुलिखेलमा भएको परीक्षणमा धनुषाका २२ जना र रौतहटका ७७ जनामा संक्रमण पुष्टि भएको छ ।

शिक्षण अस्पताल महाराजगञ्जमा कैलालीका १ जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पर्वतका तीन जना, नवलपरासी पूर्वका १७ जना गरी २० जनामा काेराेना पुष्टि भएको छ । रुपन्देहीमा गुल्मीका २६ जना, प्युठानका २० जना, रुपन्दहीका चार जना र अर्घाखाँचीका नाै जना गरी ५९ जनामा कोरोना देखिएको छ ।

भेरी अस्पतालमा भएको परीक्षणमा बाँकेका १ जना र बर्दियाका ३१ जना, दाङमा भएको परीक्षणमा दाङका ८ जना र सल्यानका २५ जनामा सङ्क्रमण पुष्टि भएको छ । सुर्खेतमा भएको परीक्षणमा सुर्खेतका २ जना र दैलेखका २ जना, जुम्लामा भएको परीक्षणमा कालीकोटका १४ जना र सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा कञ्चनपुरका ७ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु