हेर्नुस् के छ आज नेपाली बजारमा सुनचाँदी को मुल्य

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ असार ५ गते, शुक्रबार ११:४७

असार ५, काठमाण्डौ । सुनको मूल्य शुक्रबार प्रतितोला १ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ९ सय रुपैयाँ कायम भएको छ । यसैगरी तेजावी सुनको भाय प्रतितोला ८९ हजार ४६० रुपैयाँ निर्धारण गरिएको छ ।

यता, चाँदीको मूल्य भने प्रतितोला ९३० रुपैयाँ पुगेको छ । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ८ सय रुपैयाँ रहेको थियो । यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ३६५ रुपैयाँ निर्धारण भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु