प्रकाश सपुत लाइभ इन कन्सर्ट' अष्ट्रेलियाको सिड्नीमा हुँदैएसियाली खेलकुद क्बड्डीमा नेपाल सेमिफाइनलमावीरजंङ्ग स्मृति खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता’ को तयारी पूरा, पुलिस क्लबसहित नौ वटा टिम सहभागी हुनेविज्ञानका उत्कृष्ट शोधार्थी विद्यार्थी लाई अनुदाननेपाली फुडगुरू सुरेश चन्द्र बस्नेत गोल्डेन ह्याट अवार्ड बाट सम्मानितहेर्नुहोस् आज मिति २०८० साल असोज १७ गते बुधबारको राशिफलविश्व दौडाहामा रहेका एनआरएनए उपाध्यक्षको उम्मेदवार केसीलाई हङकङमा भव्य स्वागतएमसीसीका सिइओ एलिस अलब्राइट र अर्थमन्त्री डा. महतबीच शिष्टाचार भेटबडादशैंको साइत सार्वजनिककक्षा ११ र १२ को परीक्षा कहिले?

जिउंदै गाडेको भन्दै प्रहरीले निकाल्यो शव

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ असार ५ गते, शुक्रबार १८:५८

बुटवल-आफ्नै छोरालाई ज्यूंदै लगेर खाडलमा गाडेको भन्दै बुटवलका राजु परियारलाई प्रहरीले पक्राउ गरेको छ । बुटवल उपमहानगरपालिका वडा नं. ११ प्रगतीनगरका परियारले ६ वर्षका छोरा राजेश परियारलाई डिंगरनगर स्थीत सामुदायिक वनको तिनाउ नदि किनारको जग्गामा लगि गाडेका थिए ।

ईलाका प्रहरी कार्यालयले बालकलाई ज्यूंदै गाडेको भन्नु सूचना पाएपछि खाडल खनेर निकालेको थियो । ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक नविन चुंदालीले बालकलाई खाडलबाट निकालेर लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्यांदा अस्पतालले मृत घोषणा गरेको जानकारी दिए ।

परियारले बिरामी भई अचेत भएको छोरालाई अटोरिक्सामा राखी लगेर गाडेको स्थानीयले बताएका छन् । प्रहरीले परियारलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको जनाएको छ । परियारले छोराको घरमै मृत्यु भएपछि तिनाउ किनारमा लगेर गाडेको प्रहरी सामु बयान दिएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु