बसन्त’का दुई कृति एकसाथमिसेस नेपाल वल्र्ड–२०२३ को टप २३ प्रतिष्पर्धी सार्वजनिक‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी (फोटो फिचर)हेर्नुहोस् आज मिति २०८० साल असोज १४ गते आइतबारको राशिफलगीति कविता : मैले तिमीसँग किनआईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दिक्षीतसमाजबाट दुव्र्यसनलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बिषयमा छलफलमाओवादी केन्द्रबाट बारपाक सुलिकोट गाउँपालिका स्तरीय रिटर्नी सेन्टर संगठन गठनप्रज्ञापारमिता स्थापनाको १३ औं बार्षिक उत्सवहाडजोर्नी तथा नसा रोगबारे लेखिएको ‘अर्थोपेडिक प्राक्टिस ईन नेपाल’ पुस्तक भविष्यमा सिद्धान्तको रुपमा विकास हुने डा. लामिछानेको दाबी

विश्वकै दोस्रो बन्जीमा नेपालकै अग्लो लिङ्गेपिङ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ असार ५ गते, शुक्रबार १९:४०

पर्वत – साहसिक पर्यटनको गन्तव्य बन्दै गएको पर्वतमा फेरि अर्को साहसिक खेल सञ्चालनमा आएको छ । कुश्माबजारमा कालीगण्डकी नदीमाथि बनेको विश्वकै दोस्रो अग्लो बन्जीजम्प परिसरमा नेपालकै अग्लो लठ्ठेपिङ सञ्चालनमा आएको हो । दशैँ–तिहारमा बाँस गाडेर बनाइने पिङ लिङ्गेपिङजस्तै जमीनबाट १२ मिटर उचाइका फलामे स्तम्भमा पिङ बनाइएको हो ।

कालीगण्डकीमाथि निर्माण भएको बन्जीपुल २२८ मिटर अग्लो छ भने लिङ्गेपिङ पुलबाट २० मिटरसम्म जान सकिने भएकाले उचाइसहित २४८ मिटर अग्लो छ ।विश्वमा सबैभन्दा अग्लो लिङ्गेपिङ चीनमा छ । उक्त पिङ जमीनबाट २५ मिटर अग्लो छ । तर जमीनमा २५ मिटर भए पनि कालीगण्डकीको खोँचभन्दा माथिसम्म पिङमा मच्चिन सकिने भएकाले पिङ खेल्दा २५० मिटरबाट जमीनलाई तल देख्न सकिने बन्जीजम्प सञ्चालन गर्ने कम्पनी द क्लिफका सञ्चालक राजु कार्कीले जानकारी दिए ।

उनका अनुसार यो पिङमा बन्जीजम्पमा प्रयोग हुने डोरी प्रयोग गरिएको छ भने सुरक्षाका सबै मापदण्ड पूरा गरिएको छ । अन्य लिङ्गेपिङमा मानिसले नै मच्चाइदिने र खेल्ने मानिस नै मच्चिनुपर्ने हुन्छ । यसमा विन्च मेसिनले नै मानिसलाई जमीनभन्दा धेरै माथि लगेर छाडिदिने भएकाले बढी रोमाञ्चक र धेरै उचाइमा जान सक्छन् । ‘नेपालका लागि यति धेरै उचाइमा लिङ्ेपिङ सुविधा दिएर थप साहसिक खेलको शुरुआत गरेका हौँ’, उनले भने, ‘नेपालमा यस्तो प्रविधिमा सञ्चालित पिङ पहिलो हो भन्दा हुन्छ ।’

कुश्माकै बन्जी नजिक यसअघि सञ्चालित पिङमा आन्तरिक पर्यटकको ठूलो आकर्षण देखिएको थियो । अहिले पनि उक्त पुलमा खेल्ने र सामाजिक सञ्जालमा राख्नेहरु धेरै इच्छुक देखिएका छन् । द क्लिफ नेपाल प्रालिले सञ्चालन गरेको बन्जीमा व्यावसायिकरूपमा सञ्चालन गर्न शुरु गरेको बेला लकडाउन शुरु भएकाले प्रभावित भएको छ ।रासस

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु