आज असोज १२ गते शुक्रबार :कस्तो छ तपाईंको दिन ? हेर्नुस राशिफलनेपाल डेरी एसोसिएसनको २३ औं वार्षिक साधारणसभा धनगढीमा हुने ""नेपाल डेरी एसोसिएसनको टिमले बंगलादेशको भ्रमण""परदेशका नेपाली स्वदेशमा फर्कन चाहन्छन त ?"आज इन्द्रजात्रा, काठमाडौं उपत्यकामा सार्बजनिक बिदासस्तोमा श्रम बेच्न बाध्य नेपालीलाई उचित पारिश्रमिक दिलाउन सातै प्रदेशमा स्कील तथा भोकेशनल एजुकेशन सीपमूलक कार्यक्रमएसियाली खेलकुदफर्निचर फर्निसिङका उत्पादनको कुम्भ मेला ‘फर्नेक्स २०२३’ सुरु, एकै छानामुनी सयौं उत्पादनहेर्नुस् आज मिति २०८० साल असोज ११ गते बिहिबारको राशिफल२४ महिना २४ बाचा’ सार्वजनिक गर्दै एनआरएनए अध्यक्ष पदमा शर्माको उम्मेदवारी घोषणा

जातीय विभेदविरुद्ध आइतबार माइतीघरमा रक्तदान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ असार ६ गते, शनिबार १३:१६

काठमाडौं । जातीय विभेदविरुद्ध आइतबार माइतीघरमा रक्तदान हुने भएको छ । रुकुम घटनाको विरोधसँगै सबै प्रकारका जातीय विभेद अन्त्यको कामना गर्दै रक्तदान गर्ने तयारी भएको विजय घिमिरे विश्वकर्मा प्रतिष्ठानका अध्यक्ष विजय घिमिरे विश्वकर्माले बताए । उनले रक्तदानमा सहभागी हुन पनि सबैलाई आव्हान गरेका छन् ।
आइतबार माइतिघरमा बिहान ११ बजेबाट ३ बजेसम्म रक्तदान हुँदैछ । रुकुम घटनाका दोषीलाई कारवाही गर्नुका साथै पीडितलाई न्याया दिन पनि प्रतिष्ठानले माग गरेको छ । घटना दुःखद् भएको भन्दै विश्वकर्माले एउटा सुखद् काम गर्न लागेको जनाए । प्रतिष्ठानले यसअघि चावहिल र गोंगबुमा समेत रक्तदान गरिसकेको छ । अध्यक्ष विश्वकर्मा दलित समुदायबाट सबैभन्दा पहिले सगरमाथाको सफल आरोहण गर्ने आरोही हुन् । उनले जातीय विभेद र हिंसाबारे समाजमा सचेतना जगाउँदै विभिन्न प्रकारका अभियान चलाउने पनि जनाएका छन् । गत जेष्ठ १० गते रुकुम पश्चिमबाट आफ्नी प्रेमिका लिन जाजरकोट गएका नवराज विकसहित अरु ५ जनाको परिवार र स्थानीयको कुटाइबाट मृत्यु भएको थियो । घटनाको निश्पक्ष छानविन गरिनुपर्ने र दोषीलाई कारवाही गरिनुपर्ने भन्दै अहिले देशव्यापी दबाबका कार्यक्रम सञ्चालन हुँदै आएका छन् । घटनामा संलग्न केहीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ । प्रतिनिधिसभाले नेकपा सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा विशेष समिति नै बनाएर छानविन सुरु गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु