• गुल्मीमा पहिरोले जीप पुर्दा एकजनाको मृत्यु, ५ जना घाइते

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ६ असार २०७७, शनिबार १८:१८

    गुल्मी-गुल्मीमा पहिरोले जीप पुर्दा एक जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर तीन हाडहाडेमा उक्त घटना घटेको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले बताए ।अर्घाखाँचीको मालारानी, हाडहाडे हुँदै धनमुडा जाँदै गरेको ग १ ज ३९९७ नम्बरको जीप चुने ओडार भन्ने स्थानमा पहिरोले पुरेको हो । जीपमा ६ जना सवार रहेको बताईएको छ ।

    जीपमा सवारमध्ये अन्दाजी वर्ष १८ धुर्कोट गाउँपालिका–३ का तुल्सिराम काउछाको ज्यान गएको छ । त्यस्तै गम्भिर घाइते हुनेमा सोही स्थानकै चालक प्रदिप पुन र रमेश राना रहेका छन ।

    उनीहरुलाई उपचारको लागी सन्धिखर्क पठाईएको इलाका प्रहरी कार्यालय पुर्कोट दहका प्रहरी निरिक्षक पकंज चुदालीले जानकारी दिए । अन्य ३ जना केशव काउछा, खिम बहादुर काउछा र विशाल काउछाको अवस्था सामान्य रहेको बताइएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु