• आफ्नै छोरीलाई बलात्कार गरेको अभियोगमा बाबु पक्राउ

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ६ असार २०७७, शनिबार १९:४७

    सुमन कार्की / पाल्पा, असार ५ गते बलात्कारको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । १३ वर्र्षीया बालिका लाई यौन दुव्र्यवहारको आरोपमा ७६ वर्र्षीय कुलबहादुर राना र आफ्नै छोरीलाई बला-त्कार गरेको अभियोमा बाबुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । ३१ वर्र्षीया अविवाहित छोरीलाई पटक पटक डर धम्कीको आधारमा बला-त्कार गरेको आरोपमा ५९ वर्र्षीय बुवा पक्राउ परेका हुन् ।

    अभियुक्त ७६ वर्षीय वृद्ध रानाले बालिकाको संवेदनशील अंगमा समाई यौन दुव्र्यवहार गरेको उल्लेख छ, भने बावुले पटक पटक अविवाहित छोरीलाई डर धम्की देखाई पटकपटक बलात्कार गर्दै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
    दुवैजनालाई पाल्पाको छुट्टा छुट्टै स्थानवाट प्रक्राउ गरिएको हो ।

    रानालाई वाल यौनदुव्यवहार संम्बन्धी मा र छोरीको वला-त्कारको आरोपीलाई आइतबार जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरी घटनाबारे थप अनुसन्धान हुने प्रहरी निरीक्षक सुरज श्रेष्ठले बताए । अविवाहित छोरीलाई डरधम्की देखाई पटकपटक बलात्कार गर्दै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको श्रेष्ठले बताए । घटनाबारे कसैलाई भने मार्ने धम्की दिंदै आएको पीडितले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ । अभियुक्त दुवै अहिलेलाई जिल्ला प्रहरी कार्यालय पाल्पाको हिरासतमा राखिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु