बढ्दै गएको प्राज्ञिक विचलनलाई सन्तुलनमा ल्याउन सम्पदा अनुसन्धान सदनको शुभारम्भ तथा पुस्तक विमोचनसुष्मा र अस्मिता सेमिफाइनलमाच्याम्पियनसीप एमेच्योर सदभावलाई उपाधिनेपाल भलिबल संघ र केल्मीबीच तीन वर्षका लागि नयाँ सम्झौताराष्ट्रपति रनिङ सिल्डका लागि राष्ट्रपतिलाई निमन्त्रणाजनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले विशाल जनप्रदर्शन गर्नेग्रील तथा स्टील ब्यवसायीहरुको फुटबल महासंग्राममा सानोभर्याङ ठुलोभर्याङ इकाई विजयीआज चैत १६ गते शुक्रबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफलसंचारकर्मी रिजाल सक्रिय राजनीतिमामहिला, बालबालिकामन्त्री र फिनल्याण्डका राजदुतविच शिष्टाचार भेट

पुँजीवादी र साम्यवादीहरु उपभोक्तावादी भइसके- वरिष्ठ नेता पौडेल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ असार ६ गते, शनिबार २१:२८

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विश्वभरका पुँजीवादी र साम्यावादीहरुले जनताप्रतिको दायित्व पूरा गर्न नसकी उपभोक्तावाद तर्फ उन्मुख भएको बताएका छन् । पुँजीवादी र साम्यवादीहरु उपभोक्तवादमा लागेकाले नेपाली कांग्रेसले अबलम्बन गरेको प्रजातान्त्रीक समाजवाद जनता प्रतिको दायित्प पूरा गर्ने मध्यमार्गी बाटो हुने बताए । सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले आयोजना गरेको लोकतान्त्रीक समाजवाद र सुदुरपश्चिम प्रदेश विषयक अर्चुअल अन्तरक्रिया कार्यक्रममा वरिष्ठ नेता पौडेलले पुँजीवादीहरु जनतापप्रतिको दायित्व राज्यसंग नहुने मान्यता राख्ने भएकाले कोरोना महामारीका बेलामा जनता प्रतिको दायित्व पूरा गर्न नसकेको बताए ।

पौडेलले साम्यवादीहरु पनि अहिले वजारीकरण र उपभोक्तावाद तर्फ लागेको बताए । उनले पूँजीवादी मुलुकहरु व्यक्ती पूँजीवादी बन्ने तर साम्यवादीहरु राज्य पूजीवादी बन्ने बाटोमा लागेको बताए । साम्यवाद रुस तथा पूर्वी युरोपबाट धेरै अगाडि अन्त्य भइसकेको तर अहिले साम्यवादका नाममा राज गरिरहेका मुलुक राज्यलाई पुँजीवादी बनाउन लागेको बताए । पौडेलले गाँउको विकास, गाँउको उन्नती, गाँउमा नै जनतालाई रोजगारी अनि गाँउमा नै जनतालाई आम्दानीको बाटो पहिल्याउनु नै समाजवाद भएको बताए ।
वरिष्ठ नेता पौडेलले नेपालमा श्रमको सम्मान हुन नसक्दा नेपालीहरु विदेशिनुपरेको बताए । उनले नेपाली कांग्रेसले पनि हलो क्रान्ति, मजदुर आन्दोलन बेलाको श्रमलाई सम्मान गर्ने संस्कृति जोगाउन नसकेको पनि बताए । पौडेलले श्रमलाई सम्मान गर्ने संस्कृतिको विकास गर्न नसकेसम्म विदेशीने र सहरमा जनसंख्याको चाप बढ्ने अनि गाँउ रित्तो हुने अवस्थाको अन्त्य नहुने बताए ।

पौडेलले महाकाली सन्धीको कार्यान्वयन नहुदा सुदुरपश्चिमको हुनुपर्ने जति विकास हुन नसकेको बताए । उनले महाकाली सन्धीका बारेमा प्रश्न उठेको प्रति पनि पौडेलले महाकाली सन्धीमा कुनै राष्ट्रघात नभएको स्पष्ट पारे । उनले महाकाली सन्धीमा महाकाली नदिलाई अधिकांश सीमा भनेर राष्ट्रघाट भएको भन्नेहरुलाई महाकालीलाई सीमा नदिन मात्र भन्दा चाँदनी दोधारा कुन मुलुकमा पर्दछन् भनि प्रश्न गरे ।
पौडेले लकडाउन खुकुलो हुन थालेकाले पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका तत्काल परिमार्जन गरेर महाधिवेशनको काम अगाडि बढाउनुपर्ने बताए । उनले १४ औं महाधिवेशन गरेर पार्टीमा व्यापक सुधार गर्न आवश्यक रहेको भन्दै पार्टीमा भिजन र मिसन सहितको नेतृत्वका आधारमा संचालन गर्नुपर्ने बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु