• अविरल वर्षाले पाल्पाको विभिन्न स्थानमा पहिरो

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ७ असार २०७७, आईतवार ००:५७

    पाल्पा-पाल्पा जिल्लाको विभिन्न स्थानहरुमा शुक्रबार देखि निरन्तरको भीषण वर्षाका कारण बाढी, पहिरो जानुका साथै मोटरबाटो पनि अबरुद्ध भएको छ।

    शुक्रबार देखि शनिबारसम्म अविरल परेको यो भीषण वर्षा नै यस सालको सुरुवाती ठूलो वर्षा रहेकोले पाल्पाको माडीफाँट डुबानमा परेको छ।  यसले यस वरिपरि बसोबास गर्ने मानववस्तीको अवस्था कष्टकर रहेको जानकारी त्यहाँका स्थानीय राजन बलाल मगरले दिनुभयो । भने यता पाल्पाकै प्रसिद्ध पर्यटकीय स्थल रानीमहल आसपासको कालीगण्डकी नदिको बहाव भयानक तवरले बढिरहेकोले नदिको किनार वरिपरि रहेका मानववस्तीमा समेत सन्त्रास फैलिएको त्यहाँका स्थानीयहरुले बताएका छन।

    शुक्रबार देखिको अविरल वर्षाले तानसेन नगरपालिका वडा ८,पिपलडाँडा स्थित घर माथिबाट आएको पहिरोले एक घर विस्थापित भएको छ। छमछिमेकीहरुको तत्कालको उद्दारले गर्दा कुनै मानवीय क्षेती नभएको त्यहाँका स्थानीयवासीले बताएका छन।माथागढी गाउँपालीका वाड १, चिदीपानीमा एक कृषि फारम र एउटा गोठमा समेत छेति पुगेको चिदी कृषि फर्म संचालक राम ब. चिदीले जानकारी दिनुभएको छ यो सँगै भारी वर्षाले पहिरो खसी वास्टारी-झडेवा-गोठाडी-रहवास मोटरबाटो पनि अबरुद्ध रहेको छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु