दिल्लीमा कोरोनाबाट निधन नेपालीको १३ दिनपछि पाण्डेले जिम्मेवारीमा परिवार बिना अन्तिम संस्कार

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ असार ७ गते, आईतवार ०७:०४

नयाँदिल्ली ।भारतको दिल्लीमा कोरोना संक्रमणका कारण ज्यान गुमाएका एक नेपालीको अन्त्येष्टी गरिएको छ । परिवारका सदस्यहरु नेपालमा भएकाले कोरोना कारण ज्यान गुमाएको १३ दिनपछि उनको आज दिल्लीमा अन्तिम संस्कार गरिएको हो ।

दिल्लीमा शव बुझ्ने कोही नभएपछि दिल्लीस्थित सामाजिक संगठन ग्रीन तारा सोसाईटीका कार्यकारी सदस्य कृष्ण गुरुङको पहल र नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले शवलाई जिम्मा लिएपछि अन्तेयष्टि गरिएको हो ।

नेजस भारतका अध्यक्ष एवं नेपाली काङ्ग्रेस आ.केन्द्रिय सदस्य बालकृष्ण पाण्डेका अनुसार शवको अन्तिम संस्कार गर्न नेपालमा रहेका पारिवारिक सदस्यले आफुलाई पत्राचार गरेको थियो । तर कोरोना संक्रमण र परिवारिक सदस्य नेपालमा भएकाले शव लिन निकै समस्या भएको थियो । शव लिने प्रक्रियाका लागि दिल्लीस्थित नेपाली राजदूतावासको सहयोग माग गरिएपनि ३ दिनसम्म कुनै सहयोग प्राप्त नभएपछि भारतको गृह मन्त्रालयको सहयोगमा शव प्राप्त भएकोहो।

दिल्लीको पहाडगंज क्षेत्रमा कुरियर सेवा प्रदान गर्दै आएका झापाको वडा नम्बर ९ सतासीधामका स्थायी वासिन्दा ज्ञानबहादुर बस्नेतको ४९ वर्षको उमेर ७ जुनका दिन निधन भएको थियो ।

गत ४ जुनदेखि स्वाथ्यमा समस्या देखिएका उनलाई ७ जुनमा उनका छोराले असहज भएपछि छेउँमै रहेको लेडीहार्डीङ अस्पताल लगेका थिए। तर सोहीदिन उनको अस्पतालमै मृत्यु भएको हो । मृत्युपछि गरिएको परीक्षणमा उनलाई कोरोना भएको पुष्टी भएको थियो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु