पोखरा । गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना भाईरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको संख्या ५०४ पुगेको छ ।
आइतबार बिहान बाग्लुङको गल्कोट नगरपालिकाका ४,ढोरपाटन नगरपालिकाका १, काठेखोला गाउँपालिकाका ३ र बागलुङ नगरपालिकाका १ जना पुरुषमा संक्रमण देखिएको हो ।
यसैगरी, म्यादीको रघुगंगा गाउँपालिकाका २ महिला र १ पुरुषसहित ३ जना, मंगला गाउँपालिकाका १ जना पुरुष छन् ।
यस्तै, तनहुँको ऋसिङ गाउँपालिकाका १ र पर्वतको कुश्मा नगरपालिकाका २ जना पुरुष छन् ।