• यूएईमा रहेका नेपालीलाई खुसीको खवर”

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ७ असार २०७७, आईतवार १३:५९

    सचिन्द्र श्रेष्ठ (दुबई)
    आज नेपाली दुताबासले एक बिज्ञप्ति निकालेको छ,बिज्ञप्तिमा भनिएको छ,कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण युएइबाट नेपाल फर्कनैपर्ने अवस्थामा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई Chartered Flight मार्फत नेपाल फर्काउने क्रम जारी छ।
    आज असार ७ गते मात्रै ३ ओटा उडानमार्फत झन्डै ६०० नेपाली नागरिकहरू नेपाल फर्कंदै हुनुहुन्छ।
    आज बिहान ४:२० मा १५१ यात्रु बोकेर Himalaya Airlines को एक जहाज काठमाडौँका लागि उडिसक्यो। आजै बिहान Fly Dubai र Nepal Airlines का chartered Flight हरूले पनि क्रमश ८:०० बजे र ११:१० बजे युएइबाट काठमाडौँ उडान भर्नेछन् ।
    यसअघि हिजो (असार ६ गते) Air Arabia र अस्ति (असार ५ गते) Nepal Airlines का यस्तै उडानमार्फत ३०० भन्दा बढी नेपालीहरू नेपाल फर्किसक्नुभएको छ।
    नेपाल सरकारले तोकेको प्राथमिकताअनुरूप गर्भवती महिला, बिरामी, नेपालमा आफन्त गुमेका, युएइमा रोजगारी गुमेका आदि नेपालीहरू नेपाल फर्कंदै हुनुहुन्छ।
    असार ८, ९, १०, ११ गते पनि विभिन्न Airlines का चार्टर्ड उडानहरूमार्फत नेपालीहरूको घर फिर्ती जारी रहनेछ र यसलाई अझै पछि पनि निरन्तरता दिने प्रयास गरिनेछ।यसले गर्दा यहाँका नेपालीहरुमा राहत तथा खुसी ब्यक्त गरेका छन।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु