• आज थप ४ सय २१ जना संक्रमित थपिए

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ७ असार २०७७, आईतवार १६:४१

    काठमाडौं, ७ असार । नेपालमा आज कोरोना भाइरसका ४ सय २१ जना संक्रमित थपिएका छन् । आज संक्रमित थपिएसँगै कुल संक्रमित संख्या ९ हजार २६ जना संक्रमित संख्या पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका संक्रमितमध्ये ६४ महिला र ३५७ पुरुष छन् । कुल संक्रमितमध्ये ८ हजार २ सय ६ जना पुरुष र ८ सय २० महिला छन् ।

    आज थपिएकासँगै कुल संक्रमित पत्ता लागेको जिल्ला ७५ पुगेको छ । अहिलेसम्म संक्रमणबाट २३ जनाको मृत्यु भएको तथ्यांक छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु