नेपाल डेरी एसोसिएसनको २३ औं वार्षिक साधारणसभा धनगढीमा हुने ""नेपाल डेरी एसोसिएसनको टिमले बंगलादेशको भ्रमण""परदेशका नेपाली स्वदेशमा फर्कन चाहन्छन त ?"आज इन्द्रजात्रा, काठमाडौं उपत्यकामा सार्बजनिक बिदासस्तोमा श्रम बेच्न बाध्य नेपालीलाई उचित पारिश्रमिक दिलाउन सातै प्रदेशमा स्कील तथा भोकेशनल एजुकेशन सीपमूलक कार्यक्रमएसियाली खेलकुदफर्निचर फर्निसिङका उत्पादनको कुम्भ मेला ‘फर्नेक्स २०२३’ सुरु, एकै छानामुनी सयौं उत्पादनहेर्नुस् आज मिति २०८० साल असोज ११ गते बिहिबारको राशिफल२४ महिना २४ बाचा’ सार्वजनिक गर्दै एनआरएनए अध्यक्ष पदमा शर्माको उम्मेदवारी घोषणासङ्घीय निजामती ऐन तत्काल ल्याउन कर्मचारी सङ्गठनको माग

ट्रेकिंग गाईडलाई क्रेडिट कार्ड सुविधा उपलब्ध गराउन टान र माछापुच्छ्रे बैंक बीच ११ बुँदे सम्झौता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ असार ८ गते, सोमबार १५:४७

आज असार ८ गतेको दिन ट्रेकिंग एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र माछापुच्छ्रे बैंक बिच ट्रेकिंग गाईडहरुलाई क्रेडिट कार्ड सुविधा उपलब्ध गराउने सम्बन्धमा दुईपक्षीय समझदारी भएको छ ।

उक्त समझदारीपत्रमा माछापुच्छ्रे बैंकका नायब महाप्रबन्धक सर्जु कुमार थापा र टानका अध्यक्ष खुमबहादुर सुवेदीले हस्ताक्षर गर्नुभएको छ ।

विश्वयापी महामारीको रुपमा फैलिएको कोरोना (कोभिड १९) भाइरसको कारण पर्यटन क्षेत्र र मजदुरहरुमा पर्न गएको नकारात्मक प्रभावलाई मध्यनजर राख्दै टानको पहलमा आफ्ना सदस्य कम्पनीहरुमा कार्यरत ट्रेकिंग गाईडहरुलाई सहजिकरण गर्न माछापुच्छ्रे बैंकसंग समझदारी गरेको छ ।

बैंक र टानबीच टानका सदस्य कम्पनीमा कार्यरत ट्रेकिंग गाईडहरुलाई मासिक रु. १५००० गरि अधिकतम रु. १८०००० सम्मको सिमा सहितको क्रेडिट कार्ड उपलब्ध गराईने सम्झौता भएको छ । सो सिमा आंशिकरुपमा रु. ९०००० गरी दुई वटा चरणमा प्रत्यक अर्ध वार्षिक समयावधिमा प्रदान गरिनेछ । ट्रेकिंग गाईडहरुले Minimum Amount Due (MAD) मासिक ५ % को दरले एक बर्षसम्म भुक्तानि गर्नुपर्ने छ ।

क्रेडिट कार्ड सुविधा उपभोग गर्नका लागी आवेदकको उमेर न्यूनतम २१ बर्ष र अथिकतम ६५ बर्ष हुनुपर्दछ र ट्रेकिंग गाईडहरुले माछापुच्छ्रे बैंकमा खाता खोली छुट्टै डेबिट अथोरिटि दिनुपर्नेछ । सो सुविधा प्रयोग गर्न ट्रेकिंग गाईड कार्यरत ट्रेकिंग कम्पनीले जमानत अनिवार्य बस्नु पर्नेछ र यदि ट्रेकिंग गाईडले शर्त बमोजिम रकम भुक्तान गर्न नसकेको अवस्थामा बाँकी रहेको बक्यौता तिर्ने दायत्व ट्रेकिंग गाईड कार्यरत ट्रेकिंग एजेन्सिको हुनेछ ।

उक्त समझदारीपत्र हस्ताक्षर समारोहमा टानका महासचिव सरिता लामा, वरिष्ठ उपाध्यक्ष नविन त्रिताल, कोषाध्यक्ष ऋतु ग्याम्दान, सदस्य कान्छा शेर्पा, माछापुच्छ्रे बैंकका प्रबन्धक सुनिल खतिवडा, उपप्रमुख (डिजिटल बैंकिंग) विनय रेग्मी र शाखा प्रबन्धक समिर रैनको उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु