• पाल्पामा पहिरोले ४ सवारी बगायो, २ जनाको शब फेला

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ८ असार २०७७, सोमबार २०:०३

    बुटवल -पाल्पाको तानसेन रिडी खण्डमा पहिरोले ४ वटा सवारी साधन बगाउँदा २ जनाको शव फेला परेको छ । एक जना गम्भीर घाइते भएकाको उद्धार गरेर थप उपचारका लागि अस्पताल पठाइएको छ ।

    सदरमुकाम तानसेन देखि ७ किलोमिटर टाढा रिडी–तानसेन सडक खण्डको सम्मोबारी नजिकै पहिरो खस्दा एउटा ट्यांकर, बुलेरो जीप एउटा , एउटा मिनी ट्रक र एउटा कार बगाएको हो ।

    ती सवारी साधनमा कति मानिसहरु सवार थिए भन्ने यकिन जानकारी छैन । अहिले घटनास्थलमा नेपाली सेना,सशस्त्र प्रहरी र नेपाल प्रहरी सहित उद्धारकर्मीहरु पुगेका छन् । उक्त पहिरो डेढ सय मिटर लामो छ । अहिले पहिरो हटाउने काम भइरहेको पत्रकार माधव अर्यालले बताए ।

    निरन्तर परिरहेको पानीका कारणले पहाडि क्षेत्रमा पहिरोको जोखिम बढेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु