• हेर्नुस् के छ आज नेपाली बजारमा सुनचाँदी को मुल्य

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ९ असार २०७७, मंगलवार १४:३९

    काठमाडौं, असार ९ । अहिलेसम्मकै महंगो भएको सुनको मूल्य मंगलबार तोलामा ४ सय रुपैयाँ घटेको हो । आज सुन तोलाको ९० हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुनको भाउ तोलामा ९१ हजार रुपैयाँ पुगेको थियो । सोमबारको उक्त मुल्य अहिलेसम्मै महंगो हो ।त्यस्तै, आज चाँदी तोलाको १० रुपैयाँ घटेर ९ सय ४० रुपैयाँ कायम भएको छ । चाँदी हिजो तोलाको ९ सय ५० रुपयाँ थियो । महासंघका अनुसार कोरोना सङ्क्रमणको जोखिमपछि लकडाउनका कारण सुनचाँदीको मूल्य बढेको र कारोबार घटेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु