• पछिल्लो २४ घण्टामा ६२९ कोरोना संक्रमित थपिए

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १० असार २०७७, बुधबार २०:११

    काठमाडौ – नेपालमा बुधबार ६२९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार ६२९ जना संक्रमित थपिएका नियमित प्रेस ब्रिफिङका क्रममा जानकारी दिए ।

    उनीहरु मध्ये ५१९ जना पुरुष र ११० जना महिला महिला छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १०७२८ पुगेको छ ।
    कोरोना संक्रमण निको भएर डिस्चार्ज हुनेको संख्या २३३८ रहेको छ ।
    त्यसमा १९७ महिला र २१४१ पुरुष छन् । गत चौबिस घण्टामा मात्रै ८ महिला र १०६ पुरुष गरी ११४ जना डिस्चार्ज भएका हुन्।

    नेपालमा कोरोना भाइरस संक्रमित फेला परेका जिल्लाहरुको संख्या ७६ छ ।

    बागमती प्रदेशको रसुवा बाहेकका सबै जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

    नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २४ छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु