• शाहीलाई लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको जिम्मेवारी

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १० असार २०७७, बुधबार २१:२०

    काठमाडौं, असार १० गते ।
    राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सुदिल शाहीलाई लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको जिम्मेवारी दिइएको छ ।
    ‘टेबलटेनिस खेलको समृद्धि र विकास, प्रशिक्षण तथा प्रतियोगितालगायत सम्पूर्ण गतिविधि सञ्चालन तथा राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, लैनचौरको मर्मत संभार र निर्माण कार्यको रेखदेख र प्रवद्र्धन गर्ने गरी तपाईंलाई जिम्मेवारी दिइएको छ ।’ राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ । सदस्य–सचिव सिलवालले सदस्य शाहीलाई पत्र हस्तान्तरण गरे ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु