• सरकारी साधन लिएर श्रीमान सडक आन्दोलनमा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १० असार २०७७, बुधबार २३:०३

    बुटवल – रुपन्देहीको मर्चवारी गाउँपालिकाकाे नाममा रहेकाे सरकारी सवारी साधन सरकार बिरुद्धकाे आन्दोलनमा प्रयाेग भएकाे पाईएकाे छ । यसरी सरकार बिरुद्धकाे आन्दोलनमा सरकारी सवारी साधन लिएर हिड्ने ब्यक्ति भने सरकारी कर्मचारी वा जनप्रतिनिधि नभए बाहिरी ब्यक्ति भएकाे खुलेको छ ।रुपन्देहीको मर्चवारी गाउँपालिका रायपुर रुपन्देहीको नाममा रहेकाे लु १ ब २४७२ नंम्वर र लु १ ब २४७४ नंम्वरकाे स्कुटर गत मंगलबार सरकार बिरुद्धकाे आन्दोलनमा झण्डा हल्लाउँदै भैरहवा भेटिएकाे थियो ।

    नागरिकता बिधेयकमा बैवाहिक अंगिकृतलाई बिवाहाकाे ७ बर्षपछि मात्र नागरिकता दिने प्रावधानका बिरुद्धकाे आन्दोलनमा उक्त २ सवारी साधन जनता समाजवादी पार्टीको झण्डा हल्लाउँदै भैरहवा पुगेका थिए । त्यसरी सरकारी स्कुटर लिएर आन्दोलनमा जानेहरु भने सरकार सम्वद्ध नभई जनप्रतिनिधिका श्रीमान भएकाे बुझिएकाे छ ।मर्चवारी गाउँपालिकाका अध्यक्ष केशवनन्द बानियाँले उक्त स्कुटरहरु गाउँ पालिकाका महिला सदस्यहरुकाे प्रयाेजनका लागि ल्याईएकाे जानकारी दिए ।

    हामीले महिला सदस्यहरुका लागि स्कुटर ल्याएर दिएका हाैैं वहाहरुले चलाउन नजानेका कारण वहाहरुका श्रीमानले चलाउनु हुन्छ , श्रीमानले आन्दोलनमा जादा लानु भए हाेला बानियाँले भने ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु