• नागरिक सडक संघर्षमा उत्रिनुपर्ने अवस्था किन सिर्जना भयो : पूर्वराजा शाह

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ११ असार २०७७, बिहीबार ०२:४५

    काठमाडौं- पूर्व राजा ज्ञानेन्द्र शाहले कोरोना माहामारीबाट प्रभावित भई स्वदेश फर्किएकालाई रोजगारीको व्यवस्था गर्न आग्रह गरेका छन् । बुधबार एक सन्देश गर्दै पूर्वराजा शाहले यस्तो आग्रह गरेका हुन् ।

    उनले  यस वर्ष आफ्नो जन्मदिन नमनाउने घोषणा गरेका छन् । उनले मुलुकलाई कोरानाभाइरसले आक्रान्त पारेको तथा जनताले ज्यान गुमाउनुका साथै संक्रमित भएको  विषम अवस्थामा आफूले यही महिना पर्ने जन्मदिन नमनाउने निर्णय गरेको जानकारी दिएका हुन् ।

    साथै उनले आरोप प्रत्यरोप, निषेध र प्रतिशोधको भावनाले कसैको हित नगर्ने भन्दै पूर्वराजा ज्ञानेन्द्रले राष्ट्रियता, एकतालाई मुल मन्त्र बनाउँदै अघि बढ्नु पर्ने बताएका छन् । कोरोना रोगको महामारी, राष्ट्रियताको संकट, सीमा समस्यालगायतका विषयमा विवाद भइरहनु र यही विषयलाई लिएर होनाहार युवा सडकमा उत्रिरहनु पर्ने अवस्था विचारणीय रहेको उनले आफ्नो वक्तव्यमा भनेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु