• गुल्मीमा काँग्रेस परित्याग गरि सत्तारुढ दल नेकपामा प्रवेश गर्नेको लहर

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ११ असार २०७७, बिहीबार १६:२४

    कमल राज पुरी
    असार ११ गुल्मी ।गुल्मी जििल्लामा  एकपछी अर्को गर्दै नेपाली काँग्रेस परित्याग गर्नेको लहर लागेको छ । नेपाली काँग्रेस इश्मा गाउपालिकाका सभापति राम प्रसाद पन्थ नेकपामा प्रेवश गरेको केहीदिन पछि गाउँ कार्य समितिका सह सचिवको नेतृत्वमा १५ घरपरिवार काँग्रेस परित्याग गरि सत्तारुढ दल नेकपामा प्रवेश गरेका छन ।
    बिहिबार एक कार्यक्रमका बिच नेपाली काँग्रेस इश्मा गाउपालिका गाउँ कार्य समितिका सह- सचिव विष्णु रिजालको नेतृत्वमा खिम बहादुर घर्ती ,सीता पाण्डे रिजाल,नारायण घर्ती कृष्ण बहादुर नेपाली ,बिष्णु नेपाली ,दल बहादुर घर्ती , माया नेपाली,देविराम कुमाल,बिक्रम नेपाली डम्मर बहादुर नेपाली, नमकला बोहोरा,मिना नेपाली लगायत १५ घरपरिवार नेकपा मा प्रवेश गरेको नेकपा गुल्मीका कार्यालय सदस्य हिरा एसीले न्युजलाईन नेपाललाई जानकारी दिए ।

    नेकपा इश्मा गाउँ कमिटि अध्यक्ष नारायण पैयानीको अध्यक्षतामा भएको पाटी प्रवेश कार्यक्रममा नेकपा गुल्मीका सचिव वीर बहादुर कार्कि, जिल्ला कार्यालय सदस्य हिरा एसी, सचिवालय सदस्यहरु लक्षमण पराजुली,लक्षमण बिष्ट , गणेश श्रीपाली,जिल्ला सदस्य चुरा विष्ट ,बिमला खत्री लगाएतले पाटी प्रवेश गर्नेहरुलाई टीका र खादा लगाएर पाटीमा स्वागत गरेका थिए ।
    उक्त पाटी प्रवेश कार्यक्रममा वोल्दै बिष्णु रिजालले नेपाली काँग्रेसले आफुले चुनाब जित्न पनि नसक्ने अनि स्थानिय सरकारलाई काम गर्न पनि नदिने ,निजि लाभको लागि जे पनि गर्न तयार हुने , कार्यदलको नाममा केही व्यक्तिहरुको मनपरि बढेको, नेपाली काँग्रेसले राष्ट्र र जनताको नाममा केही नगरेकाले काँग्रेस छाडेको बताएका छन ।।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु