वि.स.२०७७ साल असार १२ गते शुक्रबार हेर्नुस् आजको राशिफल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ असार १२ गते, शुक्रबार ०६:३९

आज – १२ आषाढ २०७७ शुक्रवार को राशिफल

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

अरुलाई प्रभावित पारेर काम बन्नेछ । रोकिएको धन हात पर्ला । शुभ कार्यमा सफलता मिल्नेछ । व्यापारमा धनलाभ हुनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज महत्त्वपूर्ण कामको थालनी हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । घरमा अतिथीको आगमन हुनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

लाभदायक यात्रा होला । रोकिएका काम पुनः सुरु हुन सक्छन् । मान प्रतिष्ठामा बृद्धि होला । आफन्तको प्रगतिमा मन रमाउनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

सहकर्मीबाट विरोध आउला । लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । नियमित खर्चसमेत बढ्ने योग छ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

यात्रामा मालसामान हराउन सक्छ । सानो तिना समस्यामा अल्झिनुपर्नेछ । शरीरमा स्फूर्तिको कमी हुनेछ । स्वास्थ्यमा लाभ भने हुनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज समाजसेवामा मन लाग्नेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । आर्थिक लाभ हुने र भाग्यले विभिन्न अवसर जुराउनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

आजबाट शुभ कार्यको थालनी होला । आर्थिक कारोवारमा सफलता पाइएला । वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

आज भाग्यले विभिन्न अवसर जुराउनेछ । नयाँ योजना र अवसरपनि मिल्नेछ । घरमा अतिथीको आगमन हुनेछ ।

– ज्यो.प. नारायणप्रसाद दुलाल

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु