• आत्मनिर्भर बनाउने उद्देश्यका साथ बेकरी तालिम सुभारम्भ

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार २१:३५

    काठमाडौंं – विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) का कारण जारी लकडाउनले सवै वर्गलाई समस्यामा पारेको छ। त्यसमाथि अपाङ्गता क्षेत्रमा अझ धेरै समस्या परेको छ। अपाङ्गता क्षेत्रमा परेको कठिनता अनि जीवन निर्वाह गर्न आइपरेको समस्यालाई मध्यनजर गरेर काठमाडौंको कागेशवरी मनहरा नगरपालिका वडा एक स्थित गागलफेदी सामुदायिक भवनमा अपाङ्गता भएका व्यक्ति विशेषहरुकै हात–हातमा राहत तथा सक्षम र आत्मनिर्भर बनाउने उद्देश्यका साथ बेकरी तालिम सुभारम्भ भएको छ।

    युवा अपाङ्ग संगठन नेपालको आयोजनामा समाजसेवी शेर्पा परिवारका सदस्य र मनकारी मन अमिना बन्जन,गाैतम बन्जन को सहयोगमा बिपन्न अपाङ्गता भएका २५ परिवारलाई प्रति परिवार पाच हजार बराबरको दैनिक प्रयोग गरिने
    खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको छ। ।


    कागेश्वरी मनहरा नगरपालिका उप प्रमुख बिन्दु पुडासैनी को प्रमुख अतिथि वडा अध्यक्ष मुकुन्द गजुरेल,वडासदस्य अन्य बुद्धिजीवीको अतिथिहरूको उपस्थितिमा आ.व.२०७६/७७को सामाजिक विकास मन्त्रालयको समुदाय मा आधारित सि.बि.आर कार्यक्रम अन्तरगत रू २६५००० बजेटमा सक्षम र आत्मनिर्भर बनाउने उद्देश्यका २०जना लाई बेकरी र २० मन्टेश्वरी टेन्डिङ गरि ४० जना तालिम दिने कार्यक्रम अनुसार आज अपाङ्गता भएका २०जना लाई बेकरी तालिम को पनि सुभारम्भ गरिएको छ।
    आयोजक युवा अपाङ्ग संगठन नेपालका अध्यक्ष प्रकाश श्रेष्ठले आफ्नो संस्था मार्फत अपाङ्गता भएका ३ सयभन्दा बढी व्यक्ति विशेषहरुलाई स्वरोजगारमुलक मोवाइल रिपेरिङ,सिलाईबुनाई लगायतका तालिम दिएर रोजगारी प्रदान गरिसकेको बताएका छन्।


    काठमाडौं महानगरपालिका,गोकर्णेश्वर नगरपालिका र कागेश्वरी मनहरा नगरपालिकासंग समन्वय गरेर अपाङ्गहरुलाई स्वरोजगार पसल लगायतका विविध कार्यक्रम गर्दैआएको तथा यसवाट धेरैभन्दा धेरै अपाङ्गता भएका व्यक्तिहरुले रोजगारी प्राप्त गरेको जानकारी पनि अध्यक्ष श्रेष्ठले दिएका छन । अध्यक्ष श्रेष्ठ स्वयम् अपाङ्गता भएको व्यक्ति तथा परिवार पनि अपाङ्गता भएको कारण एक अपाङ्गले अर्को अपाङ्गको कठिनाइ तथा मर्कालाई मध्यनजर गरेर बिगत दश बर्ष देखि यसप्रकारको सहयोग गर्ने कार्य भएवाट सवैले अत्यन्त राम्रो मानिदै आएको छ। सवैको साथ र सहयोगले अपाङ्गता क्षेत्रमा आफूले धेरै सेवात्मक रोजगारीमूलक कार्य गर्दैजाने पनि अध्यक्ष श्रेष्ठले प्रतिवद्धता व्यक्त गरेका छन्।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु