दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

अहमादिया संघ नेपालको बिपन्न परिबारलाई राहत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ असार १२ गते, शुक्रबार २२:४१

काठमाडौ १२ असार । मुलुकमा तीन महिना भइसक्दा पनि लकडाउन पुर्ण रुपमा खुल्न सकको छैन । जसका कारण आम विपन्न तथा मजदुरहरुको घरमा चुल्हो नै बल्न छाडिसकेको छ । सरकारले बाडेको राहत पनि सुरुवातीमा नै सकिएको छ । लकडाउन सुनेसाथै सरकारले राहतको घोषणा गरेपनि एक महिना पनि सरकारको राहत पुगेन जसका कारण गरिव तथा विपन्न एवं मजदुर परिवारलाई झनै समस्या बडदै गयो । फलस्वरुप सरकारको राहत फलामको चिउरा जस्तै बनेपछि विपन्न तथा मजदुरहरुको लागी केही संघसंस्था जुटन थालेका छन । सामाजिक उत्तरदायित्वको भावना सहित समाज सेवा गर्दै आएको अहमादिया संघ नेपालले पछिल्लो समय विपन्न तथा मजदुरहरुमा परेको समस्यालाई ध्यानमा राख्दै मलमपट्टि लगाउने काम (राहत ) जुटाउने काम गर्दै आएको छ ।
संघले शुक्रबार काठमाडौको बुढानिलकण्ठ नगरपालिका वडा न १० स्थित बालृउद्धार माध्यमिक विद्यालयको प्राङगनमा राहत वितरण गरेको छ । सेवा नै धर्म हो भन्ने मुलमन्त्र सहित सामाजिक काममा जुटेढको अहमादिया संघले शुक्रबार करिव ८० परिवारलाई राहत वितरण गरेको हो । वडाको सम्न्वयमा वडाका प्रतिनिधिलगायतको सहभातिमा संघले राहत वितरण गरेको हो । संघले यस अघि पनि बुढानिलकण्ठ नगरपालिका वडा न ८ मा राहत वितरण गरेको थियो भने विरन्जमा समेत राहत वितरण गरिसकेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु