बसन्त’का दुई कृति एकसाथमिसेस नेपाल वल्र्ड–२०२३ को टप २३ प्रतिष्पर्धी सार्वजनिक‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी (फोटो फिचर)हेर्नुहोस् आज मिति २०८० साल असोज १४ गते आइतबारको राशिफलगीति कविता : मैले तिमीसँग किनआईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दिक्षीतसमाजबाट दुव्र्यसनलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बिषयमा छलफलमाओवादी केन्द्रबाट बारपाक सुलिकोट गाउँपालिका स्तरीय रिटर्नी सेन्टर संगठन गठनप्रज्ञापारमिता स्थापनाको १३ औं बार्षिक उत्सवहाडजोर्नी तथा नसा रोगबारे लेखिएको ‘अर्थोपेडिक प्राक्टिस ईन नेपाल’ पुस्तक भविष्यमा सिद्धान्तको रुपमा विकास हुने डा. लामिछानेको दाबी

नेपाल प्रजातान्त्रिक सम्पर्क महासंघको बागमती प्रदेश सदस्यमा रामशरण माजकोटी मनोनीत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ असार १३ गते, शनिबार ११:४३

काठमाडौ । नेपाली कांग्रेस नुवाकोट तारकेश्वरका जुझारु युवानेता रामशरण मजकोटी नेपाल प्रजातान्त्रिक सम्पर्क महासंघको बागमती प्रदेश सदस्यमा मनोनीत भएका छन् । यसअघि, संयुक्त दलित अधिकार मन्च नुवाकोटका अध्यक्ष, गिरिजाप्रसाद काेइराला फाउन्डेसन नुवाकाेट तारकेश्वरका सदस्य तथा विभिन्न संघ संस्थामा क्रियाशील रहेका मजकोटी महासंघको प्रदेश सदस्य मनोनीत भएसँगै शुभचिन्तकहरूले सामाजिक सञ्जालमा उनलाई बधाई दिइरहेका छन् ।
उनी आबद्ध संस्था नेपाली कांग्रेस नुवाकोट जिल्ला प्रवक्ता राजु थापा गिरिजाप्रसाद कोइराला फाउन्डेसनका नुवाकोट जिल्ला अध्यक्ष रमेश कुमार पाठक, जिल्ला उपाध्यक्ष शिव अधिकारी अविरल,  नेपाली कांग्रेस तारकेश्वर गाउंपालिकाका सभापति होम बहादुर तामाङ  ,नेपाली कांग्रेस तारकेश्वरका नेता हरि श्रेष्ठ, गिरिजाप्रसाद कोइराला फाउन्डेसनका तारकेश्वर गाउँपालिका अध्यक्ष निकेश अधिकारी लगायतले उनलाई बधाई दिँदै सफल कार्यकालको कामना गरेका छन् ।
मनोनयन पछि एक वक्तव्य जारी गर्दै मजकोटीले आफूलाई मनोनीत गर्ने महासंघ समिति तथा नेतागणलाई धन्यवाद प्रकट गरेका छन् । आफूलाई दिइएको जिम्मेवारी निर्वाह गर्ने दिशामा हरदम डटिरहने प्रतिबद्धता जाहेर गरेका छन् ।
यसअघि, सोही समितिको सदस्यमा नुवाकोट तारकेश्वरकै कांग्रेस नेता केशव अर्याल मनोनीत भएका थिए । अब, महासंघको प्रदेश समितिमा एउटै गाउँपालिकाका दुईजनाले प्रतिनिधित्व गर्नेछन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु