• रेलले कुरेन” बोलको गीत सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १३ असार २०७७, शनिबार १३:०८

    काठमाडौँ – लोक तथा दोहोरी गायक कविन्द्र ओलीको “रेलले कुरेन” बोलको गीत गीत केही दिन अगाडि टुएसआर नेपाल युट्युव च्यानलबाट सार्वजनिक भएको छ ।

    लोकप्रिय गायिका शान्ति श्री परियार र कविन्द्र ओलीको स्वरमा रहेको गीतमा प्रदिप प्रखर पोखरेलको शव्द रहेको छ भने संगीत यज्ञ सापकोटाले दिएका छन् । गीतको एरेन्ज तथा मिक्सिंग महेश बिक्रम पाण्डेले गरेका हुन् ।

    गीतमा चर्चित मोडल रेखा थापा र अनिल शाहीले निकै नै राम्रो अभिनय गरेका छन् भने सहायक भूमिकामा रुपेश चलाउने, भरत बटाला र कृष्ण पौड्यालले अभिनय गरेका छन् । उक्त गीतको छायांकन डीबी रेउलेले गरेका हुन् भने निर्माण तथा निर्देशन पुनम अडियो एण्ड भिडियो सोलुसनले गरेको हो ।

    भिडियो

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु