कमल राज पुरी
नेपालमा सलह प्रवेश गरेको पाईएको छ ।
तराइका तिन जिल्लामा सलह प्रवेश गरेकाे बताईएको छ ।
बारा ,पर्सा र सर्लाहीमा शनिबार बिहान प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रले न्युजलाईन नेपाललाई जानकारी दिएको छ । भारतमा सलहले ठूलो क्षति गरेपनि नेपालमा नआउने भनेर यसअघि बिज्ञहरुले बताएका थिए । सलह भारत हुदै बारा जिल्लाको डुमरवाना, पर्सा जिल्लाको पर्सागढी र सर्लाही जिल्लाको नलवपुर लगाएतका ठाउमा देखिएको छ । भारत बाट नेपालमा प्रवेश गरेको सलह रुखमा बसेको किसानहरुले बताएका छन । कति संख्यामा सलह नेपाल प्रवेश गरे र कुन प्रजातीको सलह हो भन्ने जानकारी भएको छैन र यो बारेमा अनुशन्धान गर्नका लागि विज्ञहरु पठाइएको बताएको छ ।