बसन्त’का दुई कृति एकसाथमिसेस नेपाल वल्र्ड–२०२३ को टप २३ प्रतिष्पर्धी सार्वजनिक‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी (फोटो फिचर)हेर्नुहोस् आज मिति २०८० साल असोज १४ गते आइतबारको राशिफलगीति कविता : मैले तिमीसँग किनआईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दिक्षीतसमाजबाट दुव्र्यसनलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बिषयमा छलफलमाओवादी केन्द्रबाट बारपाक सुलिकोट गाउँपालिका स्तरीय रिटर्नी सेन्टर संगठन गठनप्रज्ञापारमिता स्थापनाको १३ औं बार्षिक उत्सवहाडजोर्नी तथा नसा रोगबारे लेखिएको ‘अर्थोपेडिक प्राक्टिस ईन नेपाल’ पुस्तक भविष्यमा सिद्धान्तको रुपमा विकास हुने डा. लामिछानेको दाबी

कार दुर्घटनामा बुटवलका पत्रकार पाण्डेको मृत्यु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ असार १४ गते, आईतवार ०६:३६

बुटवल – आफैले चलाएको कार दुर्घटनामा परी बुटवलका पत्रकार कृष्ण (बाबु) पाण्डेले मृत्यु भएको छ । सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल-भैरहवा सडक खण्डको तिलोत्तमा-१ ड्राइभरटोलमा मध्यराती भएको सवारी दुर्घटनामा परि न्यूज २४ टेलिभिजनका बुटवल सम्बाददाता कृष्ण (बाबु) पाण्डेको मृत्यु भएको हो ।

मध्यराती बुटवलदेखि आफ्नो निवास नयामिलतर्फ जाँदैगर्दा बा ७ च ६९५९ नम्बरको आफैले चलाएको कार दुर्घटनामा परी घाईते भएका पाण्डेलाई बुटवलको चौराहा अस्पतालमा उपचारका लागि लगिएको थियो । ३० वर्षिय पाण्डेको उपचारकै क्रममा शनिबार राती करिब १ बजे अस्पतालमा मृत्यु भएको हो ।

सडक किरानाको फलामे बारमा ठोक्कीन पुग्दा दुर्घटना भएको थियो । पोष्ठमार्टमका लागि पाण्डेको शवलाई अहिले लुम्बिनी प्रादेशीक अस्पतालमा लगिएको प्रदेश नम्बर पाँच ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।

विगत एक दशकदेखि रुपन्देहीमा रहेर सञ्चार क्षेत्रमा आवद्ध पाण्डे दर्जनौ म्युजिक भिडियोहरुमा खेलेका छन । उनि न्यूज २४ टेलिभिजन  को बुटवल सम्बाददाता थिए । पाण्डे पावर न्यूज नेपाल डटकमका सञ्चालकसमेत हुन ।

यस दुखत खबरले न्युज लाइन्स नेपाल डटकम न्युजलाइन्स पाक्षिक परिवार हामी अत्यनत मर्माहित भएका छौ |शोकको यस घडीमा मृत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं |

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु