नेपाल डेरी एसोसिएसनको २३ औं वार्षिक साधारणसभा धनगढीमा हुने ""नेपाल डेरी एसोसिएसनको टिमले बंगलादेशको भ्रमण""परदेशका नेपाली स्वदेशमा फर्कन चाहन्छन त ?"आज इन्द्रजात्रा, काठमाडौं उपत्यकामा सार्बजनिक बिदासस्तोमा श्रम बेच्न बाध्य नेपालीलाई उचित पारिश्रमिक दिलाउन सातै प्रदेशमा स्कील तथा भोकेशनल एजुकेशन सीपमूलक कार्यक्रमएसियाली खेलकुदफर्निचर फर्निसिङका उत्पादनको कुम्भ मेला ‘फर्नेक्स २०२३’ सुरु, एकै छानामुनी सयौं उत्पादनहेर्नुस् आज मिति २०८० साल असोज ११ गते बिहिबारको राशिफल२४ महिना २४ बाचा’ सार्वजनिक गर्दै एनआरएनए अध्यक्ष पदमा शर्माको उम्मेदवारी घोषणासङ्घीय निजामती ऐन तत्काल ल्याउन कर्मचारी सङ्गठनको माग

सिद्धबाबा क्षेत्रमा पहिरो खस्यो, बुटवल–तानसेन सडकखण्डमा यातायात अवरुद्ध

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ असार १४ गते, आईतवार ०८:०७

बुटवल- अबिरल बर्षाका कारण बुटवल–तानसेन खण्डको सिद्धबाबा क्षेत्र नजिकै पहिरो जाँदा सडक अवरुद्ध बनेको छ । आइतबार बिहान सवा ६ बजेतिर पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ माथिल्लो सिद्धबाबा नजिकै पहिरो खसेको हो । अबिरल बर्षाका कारण पहिरो खसेपछि सडक पूर्णरुपमा बन्द भएको छ ।

लगातार परेको बर्षका कारण डोजर आइसकेपनि पहिरो हटाउने काम भै नसकेको दोभान प्रहरी चौकीका प्रहरी नायव निरीक्षक सोम बहादुर सारु बताउनुभयो ।अहिले पहिरो गएको स्थानमा दोभान प्रहरी चौकी पाल्पाबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा ट्राफिक प्रहरी समेत खटिएको छ ।सिद्धबाबा क्षेत्रमा वर्षाको समयमा जहिले पनि पहिरो खस्ने गर्छ ।

सिद्धार्थ राजमार्गको सबैभन्दा असुरक्षित क्षेत्र रहेको यस स्थानमा वर्षेनी सडक माथिबाट खसेको पहिरोमा पुरिएर कैयौंको ज्यान गैसकेको छ । यस क्षेत्रमा हिउँदमा समेत ढुंगा झर्ने गर्छ ।सरकारले सिद्धबाबा क्षेत्रको पहिरोलाई हटाउन वैकल्पिक मार्गको रुपमा सुरुङ मार्ग बनाउने योजना अघि सारेको छ । संघीय सरकारको आगामी आर्थिक वर्ष २०७७/०७८को बजेटमा सुरुङ निर्माणका लागि बजेट छुट्याइएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु