• सुनको मूल्यले एकपछि अर्को गर्दै नयाँ कीर्तिमान

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १४ असार २०७७, आईतवार १३:५३

    असार १४, काठमाण्डौ । पछिल्लो समय सुनको मूल्यले एकपछि अर्को गर्दै नयाँ कीर्तिमान बनाइरहेको छ । आज छापावाला सुनको मूल्यले ९१ हजार ३ सयमा पुगेर ऐतिहासिक रेकर्ड बनाएको छ । सुनको मुल्य हाल सम्मकै उच्चँ हो ।

    शुक्रबार प्रतितोला ९० हजार ६ सयमा कारोबार भएको सुन एकै दिन ७ सयले बढेर नयाँ रर्कड बनाएको हो । त्यसैगरी, तेजाबी सुनको मूल्य ९० हजार ८ सय ६० कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । भने चाँदी शुक्रबारको तुलनामा ५ रुपैयाले बढेर प्रतितोला ९ सय ४५ रुपैयाँमा कायम भएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु