• पछिल्लो २४ घन्टामा थप ४६३ जनामा कोरोना भाईरस को संक्रमण पुष्टि

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १४ असार २०७७, आईतवार १८:५१

    काठमाडौं । पछिल्लो २४ घन्टामा थप ४६३ जनामा कोरोना भाईरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
    आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस बृफिङमार्फत यसबारे जानकारी दिएको हो ।

    आज थप भएका संक्रमितहरुमा १०७ जना महिला र ३५८ जना पुरुष रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

    योसंगै आजसम्म संक्रमित हुनेको संख्या १२ हजार ७७२ पुगेको छ, जसमा १ हजार ४७४ महिला र ११ हजार २९८ पुरुष छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु