काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण मलेसियामा अलपत्र र समस्यामा परेका नेपालीलाई नेपाल ल्याउन शुरु हुने भएको छ । मलेसियाबाट नेपालीका लागि नेपाल एयरलाईन्स, हिमालय एयरलाईन्स र मालिन्दो एयरले उडान गर्ने भएका छन् ।
नेपाली दूतावास मलेसियाले दिएकोृ जानकारी अनुसार नेपाल एयरलाईन्स, हिमालय एयरलाईन्स र मालिन्दो एयरले आगामी दिनहरुमा मलेसियाबाट काठमाडौमार्ने चार्टर्ड उडान गर्नेछन् ।
मलेसियाबाट नेपालीका लागि नेपाल एयरलाईन्स, हिमालय एयरलाईन्स र मालिन्दो एयर तोकेको उडान शूल्कमध्ये सबैभन्दा सस्तो भने मालिन्दो एयरको रहेको छ । नेपाल र हिमालय एयरलाइन्सले १५९० आरएम भाडा तोकेका छन् भने मालिन्दो एयरले भने १५०० आरएम मात्र भाडा तोकेको छ ।
दूतावासले नेपालीका लागि चार्टड उडान तालिकासमेत सार्वजनिक गरेको छ । दूतावासले नेपाल फर्कन चाहनेहरुका लागि मलेसियाबाट नेपाल फर्कने दर्ता फारम भर्न आग्रह गरेको छ ।
‘तत्काल नेपाल फर्कनु पर्ने हरुले मात्र यो फाराम भर्नुहोला। पहिले भरेकाहरु पनि सबैले भर्नुहोला। यसरी नेपाल फर्कनेहरुले नेपाल जाने हवाई भाडा, होटल क्वारेनटिन र स्थानिय यातायातको खर्च आफै व्यहोर्नु पर्नेछ’, दूतावासले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।
फारम भर्न यो लिंकमा जानुहोस :
https://docs.google.com/forms/d/e/1FAIpQLSeD5NXRgOhQEIjjZ93aFeC4pyeE8ssMqd98ba7IDcajO3v4-A/viewform?fbclid=IwAR13tdc8sQTvmD31Ir7p0-ljK72zP6zZ0zjhilmMY1mUk_T8neIaTto-8dY