• आज थप ३१६ जना कोरोना भाइरसका संक्रमित थपिए

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १६ असार २०७७, मंगलवार १९:४१

    काठमाडौं । नेपालमा थप ३१६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार पछिल्लो २४ घण्टामा ६० जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना मुक्त हुनेहरुको संख्या ३ हजार १ सय ९४ जना पुगेको छ ।

    १० हजार ३ सय ४१ जना आइसोलेसनमा रहेको उनले बताए । २४ घण्टामा ४ हजार सात सय ९१ जनाको पिसिआर परीक्षण गरिएको छ । त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु