• रोटरी क्लब अफ कपनको अध्यक्षमा खनाल नियुक्त

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १७ असार २०७७, बुधबार १२:३१

    असार १७,काठमाडौ । बिगत लामो समयदेखि विभिन्न सामाजिक सेवामा क्रियाशील व्यक्तित्व अग्रज सामाजिक अभियन्ता शिवहरि खनाल अन्तरराष्ट्रिय सामाजिक संस्था रोटरी क्लब अफ कपनको जुन २८ भिडियो कन्फ्रेन्सिङ मिटिङबाट प्रेसिडेन्ट (२०२०–२०२१)पदमा नियुक्त भएका छन्।

    रोटरी क्लब अफ कपनको चार्टर मेमबरका रुपमा स्थापना कालदेखि सक्रिय क्लबको अध्यक्षमा निर्वाचित भएपछि खनालले अहिले सम्म प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गरेर यहाँ पुर्याउने सम्पुर्णलाई आभार व्यक्त गर्दै आगामी दिनमा क्लबलाई नयाँ ढंगबाट नेतृत्व संचालन गर्दै रोटरी क्लब अफ कपनलाई विश्वभर चिनाउने प्रतिबद्धता जनाए ।

    नवनियुक्त अध्यक्ष खनाललाई न्युजलाइन्स मिडिया परिवार हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौ‌ ।

    हेर्नुस् रोटरी क्लब अफ कपनको नयाँ कार्य समिति :

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु