• सुनको मूल्य आज सम्मकै उच्च बिन्दुमा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १७ असार २०७७, बुधबार १३:३९

    काठमाडौं – आज एकै दिन ५ सय रुपैयाँले बढेर सुनको मूल्य आज सम्मकै उच्च बिन्दुमा पुगेको छ ।

    मङगलबार प्रतितोला ९१ हजार २ सयमा कारोबार भएको सुन आज ९१ हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यो मूल्य हाल सम्मकै उच्च हो । आज तेजाबी सुनको मूल्य ९१ हजार २ सय ६५ र चाँदी ९६० रुपैंयाँमा कारोबार भइरहेको पनि महासंघले जनाएको छ । चाँदी आज १५ रुपैंयाँले बढेको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु