• पापिनी ले गयौ छलेर गीतको भिडियो सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १८ असार २०७७, बिहीबार ०३:५२

    काठमाडौ ।नेपाली लोक गीत संगीतको क्षेत्रमा परदेशमा रहेर पनी सिर्जनामा तलिन गायक सुन्दर परियारको एकल आवाजमा रहेको पापिनी ले गयौ छलेर गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।

    मायालु जोडिको विरहको अवस्थालाई गीतमा समेटिएको छ । हजारौ सपना मनमा सजाएर राखेकी आफनी प्रेमीकालाई अर्काको अगांलोमा बाधिएको देख्नमा मनमा परेको पिडालाई गीतमा निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ ।
    रमेश विजीको शब्द सिर्जना तथा सुन्दर परियारको लय सिर्जना गीतमा रहेको छ । प्रेमीकाको चोटमा जिवन विताउनु पर्दाको क्षणलाई गीतमा निकै मनछुने भाकामा निमार्ण गरिएको छ ।
    दिपक गिरीको छायाँकन तथा अमृत चापागाईँको सम्पादन तथा एल वी जिको निर्देशन भिडियोमा रहेको छ । पापिनी ले गयौ छलेर गीतको भिडियोमा सम्झना कडेँल , आशिर प्रताप र अर्जुन कुँवरको लोभलाग्दो अभिनय रहेको छ ।

    भिडियो :

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु