• तिमी उता म यता“

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १८ असार २०७७, बिहीबार ०४:१३

    काठमाडौ । असार १५ का दिन सार्वजनिक भएको “तिमी उता म यता“ गीतमा शब्द संगीत राजन राज शिवकोटीको रहेको छ भने गायिका मिलन नेवार संगको यूगल गायन रहेको छ ।
    तयार भएको गीतको म्युजिक भिडियोमा गायक गायिका आँफैले अभिनय गरेका छन् ।

    केही दिनअघि दक्षिणकालीमा छायांकन भएको यो गीतमा लामो समयसम्म एक–आपसमा भेटघाट हुन नपाउँदाको अवस्थाको पीडा र भेट हुने आशा सहितको भावनालाई व्यक्त गरिएको छ ।
    भिडियोमा नायक नायिका को छोरी को रूपमा राजनका कान्छि छोरी आरिश्मा शिवकोटीको पनि अभिनय रहेको छ ।
    भिडियोलाई राजेश पुमा राईले निर्देशन गरेका हुन् भने उत्सव दाहालले यसलाई छायांकन गरेका हुन् । सार्वजनिक भएको गीतको म्युजिक भिडियोमा मिलन र राजनराज शिवाकोटीलाई कलात्मक ढंगमा देखाइएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु