सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्युदुर्घटनामा परेको जहाजमा सवार १९ जना नै सौर्य एयरलाइन्सका कर्मचारी रहेको पुष्टिमधेश प्रदेशमा शेखर समुह बाट जिवछी यादव राज्यमन्त्री बन्दैआजको मौसम : कहाँ-कहाँ छ आज भारी वर्षाको सम्भावना?तारकेश्वर नगरपालिकामा भोली देखि विशेष पोलियो खोप अभियान सुरु हुनेनेपाली पारा तेक्वान्दोलाई बिदाई तथा शुभकामना कार्यक्रमबागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्तहेर्नुस् आज साउन ८ गते मंगलबारको राशिफल१७ करोडको लागतमा निर्माण भएको तारकेश्वर नगरपालिकाको प्रशासनीक भबन उदघाटनविद्यार्थीहरुको मागप्रति आईक्यान जिम्मेवार नभएको भन्दै एनकासाद्वारा चरणवद्ध आन्दोलन घोषणा

फुट, हैन एकतामा जोड दिऔं

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ असार १८ गते, बिहीबार १२:३४

नविन शर्मा ,
नेता अनेरास्ववियू ।

काठमाडौ ।विश्वमा कोरोनाको माहामारीले निकै ठुलो प्रभाव पारेको छ । चिन को उहान बाट सरु भएको कोभिड १९ ले अहिले विश्व भरीनै त्र्स सिर्जना गरेको छ हाल चनि लगायेत अमेरीका , इटली , स्पेन , फ्ररान्स , र विश्वका अन्य देशमा पनि यस्ले ठुलो प्रभाव पारेको छ । .अहिले संसार का सबै देश लकडाउनमा छन् दक्षिण एसियामा यस्ले कम क्षेति गरे पनि भारत , पाकिस्तान ,बङ्गलादेश हाल नेपाल लगाएत लगायत अन्य देशमा यस्को संक्रमण दिनदौड बढिरहेको छ । नेपालमा भने कोरोना सगै पार्टीको भित्री कलहले अर्को समस्या निम्तियाउने होकी भन्ने डर आम जनमानसा छाएको छ । नेकपाले सुदुपयोग गर्न नसकेको यो अवसरले अर्को मोड लिने होकी भन्ने डर छ । आजको आवश्यकता भनेको पार्टी लाई पुर्ण रुपमा एकता गरी मजबुद बनाउनु हो ।

नेपाल कम्युनिस्ट पार्टीले अझै २० वर्ष अडिग भई एकताबद्ध भएर जनताको सपना साकार गर्नेछ भन्ने आश आम जनतामा छ । सुखी नेपाली समृद्ध नेपाल यो नारा नेकपाको सरकारले भुल्ने छैन । यो नारा भुलेमा आगामी निर्वाचनमा नेकपालाई ठुलो झट्का लाग्ने देखिन्छ । पाटीको आन्तरिक कलहलाई भित्रै सच्चाई अघि बढनु आजको आवश्यकता हो । अहिलेका दुनिया हसाउने रमाउने गतिविधि तत्काल बन्द गरौँ । सबैबाट भएका कमि कमजोरी हटाउने प्रण गर्नुपर्छ । पार्टी र सरकारलाई बलियो बनाउनुपर्छ ।

नेपाली कम्युनिस्ट आन्दोलन उकाली, ओराली र ऐतिहासिक घुम्ती मोडहरू पार गर्दै पचासौँ पटकको टुटफुट र विभाजनका अनगिन्ती पीडाहरू व्यहोर्दै आएको छ । विगतमा क. मदन भण्डारीको नेतृत्वमा संयुक्त वाममोर्चा र क.प्रचण्डको नेतृत्वमा संयुक्त राष्ट्रिय जनआन्दोलन जस्ता दुईवटा एकताका शिविरहरू खडा गरिएका थिए ।

एकताका शृंखलालाई स्थायित्व दिने क्रममा एकता केन्द्र र एमाले पार्टी निर्माण भएका थिए । एकताको गुणात्मक रूप थियो माओवादी पार्टी र महान् जनयुद्ध तथा अर्कोतिर जनताको बहुदलीय जनवादसहितको शान्तिपूर्ण जनआन्दोलनको हिमायति एमाले पार्टी । यी दुई ठूला कम्युनिस्ट पार्टीका आआफ्नै पृष्ठभूभि र स्कुलिङ छन्

अब यी दुई पार्टीबीचको एकता ऐतिहासिक घुम्तीमा छ । दुवै पार्टीका प्रमुख नेतृत्वको अगाडि ठूला चुनौती र सम्भावनाहरू छन। चुनौतीको सामना गर्ने आँट र परिवर्तनका लागि अघि बढ्ने साहस गर्न सक्ने नेतृत्वले नै यस मुलुकको’राजनेता’वा ’स्टेटमैनसीप’प्राप्त गर्नसक्नेछ । यो महान् कार्य पूरा विचारसहितको नेतृत्वले मात्र गर्न सक्छ । सहमतिमा मात्र गर्न सक्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु