• गायक तथा संगीतकार ओम सुनारको ‘बारीको पाटामा’ बोलको गीत सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार ०६:५९

    काठमाडौँ – महिला हरुको महान् चाड हरितालिका तिजको अवसरमा गायक तथा संगीतकार ओम सुनारको ‘बारीको पाटामा’ बोलको गीत सार्वजनिक गरेका छन् । आज मात्रै सुनारकै युट्युव च्यानल उक्त गीत सार्वजनिक भएको हो ।

    भिडियोमा चर्चित नेपाली महिला रेस्लर एवम् कलाकार अस्मिता सुनार ‘जुरेली’, गायिका एलिना चौहान र रिया श्रेष्ठको अभिनय रहेको छ । ओमको आफ्नै अभिनय रहेको भिडियोमा बाल कलाकार विकाश नेपाली र लक्ष्मी नारायण सुनार पनि रहेका छन् ।

    गीतमा एलिना चौहान र ओम सुनारको आवाज रहेको छ भने संगीत संयोजन पनि ओमकै रहेको छ । नवराज कलौनीको शब्द रहेको उक्त तिज गीतको म्युजिक भिडियोको निर्देशन बिच्चल किराँतीले गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु